April 2, 2017

भट्टराईको प्रहरी हिरासतमै धर्ना

२० चैत, २०७३
 काठमाडौं – नयाँ शक्ति पार्टी, नेपालले भोलि (सोमबार) ७५ वटै जिल्लाका निर्वाचन कार्यालयहरुमा धर्ना दिने भएको छ । नयाँ शक्ति पार्टीलगायत अन्य चुनाव चिन्ह नपाएका दलहरुले संयुक्त रुपमा आज (आइतबार) शान्तिपूर्ण रुपमा काठमाडौंस्थित निर्वाचन आयोगमा धर्ना दिँदा धर्नास्थलबाटै संयोजक डा. बाबुराम भट्टराईसहित नयाँ शक्ति तथा अन्य पार्टीका नेताहरुलाई गिरफ्तार गरेकोप्रति भत्र्सना गर्दै शीघ्र रिहाइ अनि दलीय चुनाव चिन्हको माग गर्दै भोलि बिहान निर्वाचन कार्यालय घेराउ गर्ने जनाएको छ । baburam-bhattarai-pakrau1-768x495
निर्वाचन आयोगमा विधिवत ंरुपमा दर्ता भएको नयाँ दललाई संविधानप्रदत्त पाउनुपर्ने दलीय चुनाव चिन्ह पाउने अधिकारबाट बञ्चित गर्दै हाल संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई मात्र चुनाव चिन्ह दिने कानूनी व्यवस्था सरकारले गरेको छ । नयाँ दललाई आफ्नो दलीय चुनाव चिन्हबाट वञ्चित गर्ने गरी जारी भएको स्थानीय तह निर्वाचन ऐन २०७३ को सो व्यवस्था संशोधनका लागि दवाव दिन भन्दै आइतबार काठमाडौंस्थित निर्वाचन आयोगमा धर्ना दिएको थियो ।यसैबीच गिरफ्तारपश्चात् प्रहरी हिरासतमा रहनुभएका पूर्वप्रधानमन्त्री एवं पार्टीका संयोजक डा. भट्टराईले जबसम्म यो सरकारले दलीय चुनाव चिन्ह दिंदैन र चुनावको वातावरण सुनिश्चित गर्दैन, त्यतिबेलासम्म आफूहरुको आन्दोलन जारी रहने बताउँदै हिरासतमै धर्ना बस्नुभएको छ ।

संयोजक भट्टराईलाई उधृत गर्दै उहाँका निजी सचिव विश्वदिप पाण्डेले भन्नुभयो – ‘निर्वाचनमा जानका लागि दलीय चुनाव चिन्ह पाउनु पर्ने आफ्नो मुख्य माग रहेको र सो माग पूरा नहुँदासम्म आफूहरु हिरासतमै रहेर धर्ना दिने बताउनुभएको छ ।’

आइतबार बिहान धर्ना सुरुभएलगत्तै प्रहरीले धरपकट गरी संयोजक भट्टराईसहित ५० भन्दा बढी नेताकार्यकर्ताहरुलाई गिरफ्तार गरेको थियो । सोको विरोधमा नयाँ शक्तिले भोलि पनि निर्वाचन कार्यालय घेराउ गर्ने भएको हो । व्यापक जनसहभागितासहितको निर्वाचन कार्यालय घेराउका लागि बिहान साँढे आठ बजे काठमाडौंको अनामनगरस्थित हनुमानथानमा भेला हुन आफ्ना नेता तथा कार्यकर्ताहरुलाई अपिल गरेको केन्द्रीय कार्यालयका सहसंयोजक प्रल्हाद लामिछानेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका