‘बेगम जान’ बारे जान्नुहोस्

Begum-Jaan-1-768x476

फिल्म- बेगम जान

निर्देशक- श्रीजीत मुखर्जी

प्लट– बेगम जान श्रीजीत मुखर्जीको राष्ट्रिय अवार्ड जितेको बंगाली फिल्म ‘राजकाहिनी’ को हिन्दी रिमेक हो ।

स्टार कास्ट– बिद्या बालन, इला अरुण, गौहर खान, पल्वली शारदा आदि ।

शैली- पीरियड ड्रामा

प्लट

फिल्मको कथा सुरु हुन्छ नयाँ दिल्लीको कनट प्लेसमा २०१६ मा भएको एक भयानक घटनाबाट । त्यसपछि फिल्मले दर्शकलाई ७० बर्षअघिको भारतिय परिवशेमा डोहोर्‍याउँछ, जतिबेला भारत स्वतन्त्र भएपछि रगतको आहालमा डुबिरहेको थियो । सर साइरिल रेडक्लिफले देशलाई दुई भागमा बाँडेका थिए र आफ्नो परियोजनामा उनी सफल पनि भएका थिए ।

कथा

भारत विभाजनको चपेटामा बेगम जान (बिद्या बलन)को कोठा पनि पर्छ । उनको हातमा पत्र पर्छ कि, ‘भारत वा पाकिस्तानको बिचको बाटो बनाउनका लागि तिम्रो कोठा हटाउनुपर्छ ।’ उनी वेश्यालयमा हुन्छे । बेगम जान यसरी विभाजनको रेखामा पर्न चाहदैनन् । यहिबाट कथामा ट्वीस्ट आउँछ ।

अब सरकारी षड्यन्त्र, दवाव सुरु हुन्छ । बेगम जानका साथै यस बेश्यालयमा बस्ने १० महिला र २ पुरुष आफ्नो अस्तित्व रक्षाका लागि खडा हुन्छन् । उनीहरु आफ्नो स्थान सुरक्षित गर्न बिद्रोह गर्छन् ।

कस्तो छ फिल्म ?

बिवाहपछि लामो समय विश्राम लिएकी बिद्या बालन यहि फिल्मबाट बलिउड फर्किएकी छिन् । उनको उपस्थिती फिल्मको धडकन हो । उनको हुलिया, बोल्ने शैली, लवज सबै चरित्र अनुसार हुबहु मिल्दो छ । उनी आफ्नो कामलाई सबैभन्दा बढी महत्व दिन्छिन्, देशको राजनीतिक उथलपुथलप्रति उनलाई कुनै मतलब छैन । उनी जहाँ बस्छिन्, त्यहाँकी रानी हुन् । भलै उनी आफ्नो शब्दमा नियन्त्रण गर्न सक्दैनन् । यद्यपी कठोर बेगम जानको भित्र एकदमै मायालु मन पनि छ ।

बेगम जानको भूमिकामा बिद्या बालन एकदमै फिट छिन् । उनले आफ्नो चरित्रलाई कहिंपनि भद्दा र अस्वभाविक हुन दिएकी छैनन् । एक दृश्यमा उनी भन्छिन्, ‘महीना हमें गिनना आता है साहब…..हर बार लाल करके जाता है ।’ यसका साथै पल्लवी शारदा (गुलाबो)को अभिनय जोडदार छ, जसको अतित निकै दुखदायी छ । बिद्या बालनसँग स्क्रिन शेयर गर्नमा उनले स्वंमका लागि स्थान बनाएका छन् ।  गौहर खान पनि रुबिनाको भूमिकामा जमेकी छिन् ।

निर्देशन

श्रीजीत मुखर्जीले नेशलन अवार्ड जित्ने फिल्म राजकहिनी बनाएका थिए, जसको हिन्दी रिमेक हो बेगम जान । भारत विभाजनको संघारको पृष्टभूमीमा उनले एउटा बेश्यालयभित्रको कथा पस्किएका छन् । फिल्मको अवधारणा एकदमै बोल्ड छ । समग्रमा फिल्म शानदार छ । यसको सिनेम्याटिग्राफी, ड्रोन क्यामेराले लिएको सट, संवाद राम्रो छ । कथा अनुसार स्क्रिनप्लेमा भने सुधार गर्न सकिन्थ्यो । साथै सम्पादनमा पनि सुधार गर्ने ठाँउहरु छन् ।

प्रस्तुती

फिल्मको कास्टिङ शानदार छ । विवेक मुश्रान, चंकी पान्डे, राजेश शर्मा, रंजित कपूर, आशीष विद्यार्थी, पल्लवी शारदा, इला अरुण जस्ता कलाकारको काम स्वभाविक र सहज देखिन्छ । पितोबास त्रिपाठी र गौर खानले सरप्राइसको रुपमा पर्दापण हुन्छन् । बेगम जानको भूमिका बिद्या बालनले उत्कृष्ट ढंगले निर्वाह गरेकी छिन् । नसीरुद्दीन शाहको छोटो भूमिका छ तर, सम्झनलायक । अमिताभ बच्चनको आवाज सुत्रधारको रुपमा सुनिन्छ ।

संगीत

फिल्मको संगीत राम्रो छ । आशा भोसलेले गाएको ‘प्रेम में तेहरे’ अरिजीत सिंह र श्रेय घोषालले गाएको ‘सुबह’ कथासँग मिल्दो छ । बाँकी गीतले भने फिल्मको गतिलाई कमजोर बनाएको छ । फिल्ममा ‘बाबुल मोरा नैहर’ बोलको लोकगीत पनि सुन्नलायक छ ।

कमजोर पक्ष- फिल्मको केहि प्लट यस्तो छ, जो दृश्यसँग कनेक्ट गर्न मुश्किल हुन्छ ।

सबल पक्ष- पर्फमेन्स, कथा र संवाद ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं