प्रचण्डसँग नयाँ शक्तिको माग- अनसनरत दुई नेताको जीवनरक्षा गरियोस्

aansan_janakpurकाठमाडौं, ३ फागुन । नयाँ शक्ति नेपालले जनकपुर क्षेत्रको बृहत्तर विकास र सार्वजनिक जग्गा संरक्षणको माग गर्दै आमरण अनसनमा रहेका नेताहरुको जीवनरक्षाको माग गरेको छ ।

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष राम कुमार शर्मा र नयाँ शक्ति पार्टी नेपालका प्रस्तावित २ नम्बर प्रदेश सहसंयोजक कलामुद्दीन राईन गत माघ २० गतेदेखि आमरण अनसन बसिरहेका छन् । जनपुर क्षेत्रको बृहत्तर र व्यवस्थित विकासका लागि जनकपुर विकास प्राधिकरण बनाउन ऐनमा संशोधन गर्नुपर्ने लगायतका मागहरु उनीहरुले अगाडि सारेका छन् ।

त्यस्तै जनकपुर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा स्तरोन्नति गर्नुपर्ने, पाँच सय सैयाको अनुमति प्राप्त जनकपुर अञ्चल अस्पताललाई शिक्षण अस्पताल बनाउनुपर्ने, राजर्षी जनक विश्व विद्यालयको स्थापना हुनुपर्ने, जनकपुर उपमहानगरपालिकालाई समेट्ने गरी ६ लेन बाहिरी चक्रपथ निर्माण गर्नुपर्ने, जिम्मेवार अधिकारीहरुबाट जिल्लामा व्याप्त भ्रष्टाचारजन्य कार्य अविलम्ब रोक्नुपर्ने र दोषीलाई कडा कारबाही गर्नुपर्ने मागसहित अनसन जारी राखेका हुन् ।

नयाँ शक्तिका प्रवक्ता खिमलाल देवकोटाद्वारा जारी विज्ञप्तिमा उनीहरुको माग पूरा गर्दै जीवनरक्षाको लागि माग गरिएको छ ।

यस्तो छ नयाँ शक्तिको विज्ञप्ति-
प्रेस विज्ञप्ती

बृहत्तर जनकपुर क्षेत्रको विकासका लागि विभिन्न माग राखी बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष समेत रहनुभएका नयाँ शक्ति पार्टी, नेपालका केन्द्रीय कार्यकारी सदस्य श्री रामकुमार शर्माको नेतृत्वमा नयाँ शक्ति पार्टी नेपालकै अर्का केन्द्रीय कार्यकारी सदस्य श्री कलामुद्दिन राईनसमेतको विगत १३ दिनदेखिको आमरण अनशनप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएकोछ ।

बृहत्तर जनपुर क्षेत्रको विकासका लागि विभिन्न मागहरुसहितको सात बुँदे ज्ञापनपत्र प्रधानमन्त्रीलाई बुझाई चरणवद्धरुपमा सरोकारवालाहरुसँग अन्तरक्रिया समेत गरी माग र सोको औचित्यका बारेमा जानकारी गराई विगत २०७३ माघ २० गतेदेखि आमरण अनशन बसेकोमा आज १३ औं दिन बितिसक्दा पनि नेपाल सरकारका कुनै पनि निकायले समस्या समाधानतर्फ कुनै कदम चालेको पाईएन ।

अनशनकारीहरु रामकुमार शर्मा तथा कलामुद्दिन राईन समेतको स्वास्थ्य अवस्था अत्यन्त नाजुक भैसकेकोछ । अनशनकारीहरुका जायज माग र अनशनकारीहरुको स्वास्थ्य स्थितिप्रति नेपाल सरकार सरोकारवाला निकायसहित स्वयं प्रधानमन्त्री समेत बेखबर जस्तै हुनु, त्यसप्रति कुनै चासो नदिनु विल्कुल बिडम्वनाको विषय हो । नेपाल सरकारका जिम्मेवार निकाय र प्रधानमन्त्रीसमेतको यस प्रकारको व्यवहारप्रति हामी दुःख प्रकट गर्दछौं ।

अनशनकारीहरुका जायज माग र अनशनकारीहरुको बिग्रँदो स्वास्थ्य स्थितिप्रति नेपाल सरकार सरोकारवाला निकाय तथा प्रधानमन्त्री स्वयमसँग तत्काल अनशनकारीको जीवन रक्षाको निम्ति माग गर्दछौं । साथै अनशनकारीका मागहरुप्रति गम्भिरताकासाथ पहलकदमी लिई वहाहरुसंग वार्ता र संवादको प्रक्रिया अगाडि बढाई जायज मागहरु पूरा गर्न र अनशनकारीहरुको जीवनरक्षा गर्न जोडदार माग गर्दछौं ।

खिमलाल देवकोटा
प्रवक्ता

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

महासचिव नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि

 मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र

संविधान कार्यान्वयनको सबैभन्दा महत्त्वपूर्ण आयाम सामाजिक न्याय : प्रधानमन्त्री

 मङ्सिर ११, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  संविधानमा व्यवस्था अनुसार समाजवाद उन्मुख संविधान कार्यान्वयनको सबैभन्दा

आजदेखि सर्वोच्चमा टिकटक प्रतिबन्धविरुद्धको रिटमा सुनुवाइ हुँदै

मङ्सिर ४काठमाडौँ। सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ प्रारम्भ हुँदै छ ।