पैसाका नोटले जिउ ढाकेकी महिला रेलभित्र छिरेपछि……

यी महिला अहिले केवल आफ्नो देशमा मात्र होइन, दुनियाभर चर्चामा छिन् । सोसल मिडियामा यिनको पहिरनको खुब चर्चा भइरहेको छ । नहोस् पनि किन ? यिनले पूरै जिन्दगीभरलाई खर्च गर्न पुग्ने पैसा नै जिउमा भिरेकी छिन् । तर यसो गर्नुका पछाडि केही कारण छ ।

wiki-3-768x533

अमेरिकाको न्युयोर्कस्थित एक मेट्रो रेलभित्र जिउमा पैसाको लुगा लगाएकी एक युवती छिरिन् । आश्चर्यको कुरा त के भने उनले जोसँग रेलभित्र भेटिन् ऊ मालामाल भयो । आफूसँग भेटिएको मानिसलाई उनले चाहिने जति पैसा आफ्नो जिउबाट च्यातेर लैजान भनिन् ।

 

मेट्रो रेलभित्र मात्र होइन, न्युयोर्कको सडकमै पनि उनी पैसाको पहिरन लगाएर हिँडिन् । यो काममा ती महिलाका ब्वायफ्रेण्डले पनि सघाइरहे । दुबैजनाले इश्वरबाट आफूहरुलाई नाम, दाम तथा खुसी सबै प्राप्त भएको बताउँछन् । अब पालो आयो, मानिसहरुलाई सहयोग गर्ने । त्यसैले उनीहरुले गरीब तथा पैसाको निकै खाँचो भएका मानिसहरुलाई सहयोग गर्न यस्तो अनौठो उपाय अपनाएका छन् ।

तर सोसल मिडियामा उनीहरुको यो कामप्रति कतिपयले प्रश्न उठाएका छन् । आखिर ती महिलाले मात्र किन नोटको पहिरन लगाइन् र उनको ब्वायफ्रेण्डले किन यस्तो पहिरन लगाएनन् ?

नोटले जिउ ढाकेर गरीबलाई पैसा बाँड्दै हिँड्ने ती महिला वास्तवमा चर्चित मोडेल विकी सिपोलिटाकी हुन् । अर्जेन्टिनी मोडेल विकीले चर्चा पाउनका लागि यसो गरेको बताइन्छ । तर सुन्दरी मोडेलले गरीब तथा खाँचो भएकाहरुलाई पैसा बाँड्दा पैसा पाउनेहरु मात्र होइन, उनीसँग भेट हुनेहरु पनि निकै खुसी भए ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने महासचिव गुटेरेसको प्रतिबद्धता

काठमाडौँ,  कात्तिक १३ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

वैदेशिक रोजगारीका नाममा ठगी बढ्दो

काठमाडौ  भदौ २९ गते ।  केही दिनअघि इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीका लागि क्यानडा

भक्तपुरको लोकन्थलीमा रहेको मझेरी क्याफेबाट लाखौं नगद सहित १६ जुवाडे पक्राउ

९ चैत,भक्तपुर । मध्यपुर थिमि वडा नं. १ लोकन्थलीमा रहेको मझेरी क्याफेमा जुवा (तास) खेलिरहेका

लोकसेवा आयोगको स्वीकृति बेगर अनधिकृत रूपमा ५२२ जना कार्यकर्ता भर्ती गर्दै गठबन्धन सरकार

काठमाडौँ, ३० साउन । गठबन्धन सरकारले ६ वटा मन्त्रालयका लागि ५ सय २२ अस्थायी दरबन्दी