दुई अध्यक्षबीच सहमति नभएसम्म बैठक नबस्ने, जबर्जस्ति गरे प्रचण्ड – माधबको राजनीति बिनास हुने : ओली पक्ष

1569753929.oli-prachanda_dVG9B74z54साउन १३,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेका बेला आज बस्ने भनिएको स्थायी कमिटी बैठक अनिश्चित बनेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बिहान ९ बजे हुने भेटवार्ताले नेकपा बैठकको टुंगो लगाउने छ ।

प्रचण्ड-नेपाल समूहले बैठकलाई नियमित एजेण्डामा लैजाने र एउटा निर्णय गरेर अगाडि बढ्ने तयारी गरेपछि ओली समूहले पनि त्यसको जवाफ दिने तयारी गरेको छ । गएराती अबेरसम्म भएको छलफलका आधारमा ओली समूहले बैठक राख्न नदिने रणनीति अप्नाउने छ ।

आज पनि बिहानैदेखि प्रधानमन्त्री ओली आफू निकट नेताहरुसँग परामर्शमा छन् । परामर्शका आधारमा उनी बैठक स्थगित गरेर जाने तयारीमा लागेका छन् । प्रचण्डसँगको छलफलमा पनि त्यहीँ कुरा राख्ने ओलीको तयारी रहेको बालुवाटार स्रोतले जनाएको छ ।

नियमित छलफलमा सक्रिय एक नेता भन्छन्, ‘उहाँहरुले एक्लै बैठक राख्न सक्नु हुन्न । सहमतिमै बैठक बस्ने वातावरण बनाउनु पर्छ । बहुमतको निर्णयका आधारमा पेल्ने काम भयो भने यो पार्टी एकता नै भंग हुन्छ । आजको बैठक बस्दैन । केहीदिन रोकेर फेरि सहमतिको खोजी गर्नुको विकल्प छैन ।’

ओलीको असहमतिमा बैठक राखेमा आफूहरु बैठकमा सहभागि नहुँने पनि ती नेताले बताए । उनले भने, ‘सहमतिमा गर्नुपर्ने काम एक्लै गर्न थाल्ने हो भने पार्टी एकताको मर्मविरुद्ध हुन्छ । त्यसैले एकपक्षीय बैठकमा हामी सहभागी नहुन पनि सक्छौँ । उहाँहरुले बहुमतको खेल गर्नु भयो भने हामीले हाम्रो तयारी गरेका छौँ । उचित जवाफ दिन्छौँ ।’

उनका अनुसार यदि माधब- प्रचण्ड गुटले ओली विरुद्ध निर्मम रूपमा प्रस्तुत भएर बहुमतको दम्भ देखाउने दुस्साहस गरे भने उनिहरुको राजनितीक जीवनको पनि बिनाश हुन सक्ने तयारी आफुहरुले गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू