गंगाजमुना गाउँपालिकाका अध्यक्षले दलित भएकै कारण क्यान्टिनको कुक जागिरबाट निकाले

पौष २९, २०७८ | धादिङ । धादिङ गंगाजमुना गाउँपालिकामा सञ्चालित क्यान्टिनमा कार्यरत एक कुक युवालाई दलित भएकै कारण जागिरबाट निकालिएको घटना सार्वजनिक भएको छ ।गाउँपालिकामा सञ्चालित क्यान्टिनका सञ्चालक दिपेन्द्र अधिकारी मासिक २० हजार रुपैयाँमा कुकको काम लगाएका सुवास विकलाई गाउँपालिका अध्यक्ष बलबहादुर अधिकारीको दबावमा जागिरबाट निकालिएको सार्वजनिक भएको हो ।

स्रोतका अनुसार गाउँपालिका अधिकारीको दबावमा ती युवालाई जागिरबाट निकालिएको हो । ‘गाउँकै स्थानियले म दलित भएको थाहा पाएपछि गाउँपालिकासम्म खबर पुगेछ । गाउँपािलकाका कर्मचारीहरु खान खान आउन छाडे । गाउँपालिका अध्यक्षले समेत म लाई कामबाट निकाल्न दबाव दिनुभएछ,’ विकले दियोपोस्टसँग भने,‘अनि क्यान्टिनका मालिक अधिकारीले मलाई कामबाट निकाले ।’

दलित कुकले पकाएको खानु परेपछि प्रमुख प्रशासकीय अधिकृत मोतिराम थपलियाले नै कर्मचारीलाई उक्त क्यान्टिनबाट खानेकुरा नल्याउन दबाव दिएका थिए । थपलियाकै दबावमा कर्मचारीले समेत क्यान्टिनमा खान अर्डर बन्द गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

महासचिव नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि

 मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र

संविधान कार्यान्वयनको सबैभन्दा महत्त्वपूर्ण आयाम सामाजिक न्याय : प्रधानमन्त्री

 मङ्सिर ११, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  संविधानमा व्यवस्था अनुसार समाजवाद उन्मुख संविधान कार्यान्वयनको सबैभन्दा