April 26, 2017

काठमाडौमा एमालेलेको मेयर र उपमेयरका उम्मेद्धारहरु

काठमाडौ, बैशाख १३– लामो रस्साकस्सीपछि एमाले काठमाडौले मेयर तथा उपमेयरका उम्मेदवारको नाम पार्टीमा सिफारिस गरेको छ । सिफारिस नामहरु केहि नगरपालिकामा सर्वसम्मत छन् भने केहिमा एक भन्दा बढि आकांक्षी देखिएपछि धेरै व्यक्तिको नाम पठाएको छ ।
मंगलबार दिनभरी बसेको एमाले काठमाडौ जिल्ला कमिटीको बैठकले काठमाडौका १० वटै नगरपालिकाका मेयर र उपमेयरहरुको सिफारिस गरेको जिल्ला समितिका एक सचिवालय सदस्यले बताए ।

जिल्ला समितिले मेयर र उपमेयरका नाम प्रदेश समितिलाई सिफारिस गरेपनि लामो समय देखि विवाद रहेकोे काठमाडौ जिल्ला समितिले गरेको सिफारिस सन्तुलित नभएको माधवकुमार नेपाल समुहले बताएको छ ।

ती सदस्यले भने ‘जसरी एकलौटी रुपमा सिफारीस भएको छ त्यो आफुहरुलाई मान्य हुदैन । यो कुरालाई नेतृत्वले मिलाएर लैजाने छ भन्ने आशा छ ।’

सर्बसम्मत हुन नसकेका नगरपालिकामा भने मेयर र उपमेयरका लागि सिफारिस गरेको एक जिल्ला सदस्यले बताए । तर, नेपाल समुहभने छिटै नेतृत्व कहाँ गएर यो विषयमा चित्त बुझ्दो निर्णय लिन दबाब दिने तयारीमा लागेको बताइएको छ ।

यी हुन एमालेका सर्वसम्मत भएका काठमाडौँका मेयरहरु

१ चन्द्रागिरी नगरपालिका
मेयर
प्रलाद कार्की (ओली समुह)
उप मेयर
निशा नहकर्मी

२ किर्तिपुर नगरपालिका
मेयर
रमेश महर्जन (माधव नेपाल समुह)
उप मेयर सरस्वती

३ नाँगार्जुन नगरपालिका
मेयर
प्रकाश श्रेष्ठ ,कृष्णहरी खत्री र देवकी भट्राई ओली समुह
उपमेयर
शुशिला अधिकारी,सानु मैया खडका र उमेश कार्की

४ कागेश्वरी मनहरा नगरपालिका
मेयर
रामचरण ढुङगाना,मणिराम फुयाल (ओली समुह)
उपमेयर
शान्ता थापा,विन्दु सिम्खडा र होमनाथ आचार्य

५ शंकरापुर नगरपालिका
मेयर
सुर्वण श्रेष्ठ र शम्भु दुलाल (श्रेष्ठ ओली समुह र दुलाल नेपाल सुमह)
उपमेयर
मुना अधिकारी

६ गोकणेश्वर नगरपालिका
मेयर
पुण्य चौलागाई र गोपाल बराल (नेपाल समुह)
उप मेयर
शान्ति श्रेष्ठ,कल्पना राजचला र तरा पुडासैनी

७ बुढानिलकण्ठ नगरपालिका
मेयर
उद्धब खरेल र मिठाराम अधिकारी (खरेल ओली समुह अधिकारी नेपाल समुह)
उपमेयर
रमा राई र देवि रेग्मी

८ टोखा नगरपालिका
मेयर
प्रकाश अधिकारी र नारायणभाइ श्रेष्ठ ( ओली समुह)
उपमेयर
ज्ञानमाया डंगोल,जमुना गिरी र कविता घिमिरे

९ दक्षिणकालि नगरपालिका
मेयर श्रीराम आचार्य र गन्जनमान बस्नेत (ओली समुह)
उपमेयर
इन्दीरा पौडेल,कविता घिमिरे र मिना आचार्य महर्जन

१० तारकेश्वर नगरपालिका
मेयर
श्याम घिमिरे र रामेश्वर बोहरा (ओली समुह)
उपमेयरमा
भवानी धानुक डोटेल,बत्तिस महर्जन र शावित्रि शर्माको नाम सिफारिस भएको छ ।

महानगरपालिकाको मेयरका लागि चार जनाको सुझाव दिएको छ । जुन एमालेका जिल्ला कमिटि र अन्य कमिटीमा सक्रिय छन् । काठमाडौ महानगरपालिका लागि मेयरमा जिल्लाले सिफारिस गरेका व्यक्तिहरु यस्ता छन् ।
जिवन राम श्रेष्ठ
बसन्त मानन्धर
कल्पना रिजाल
विद्यासुन्दर शाक्य
विदुर मैनाली
उपमेयरमा
शान्ति अधिकारी
रत्न गुरुङ
इन्दीरा पन्त
विद्या न्यौपाने
श्यामकृष्ण भण्डारी

एक जिल्ला कमिटि सदस्यले भने ‘हामीले बाहिर बाहिर मलाई टिकट दिनुपर्छ भन्दै मिडियाबाजी गर्नेहरको नाम भने सिफारिस गरेका छैनौ । हामीलाई महानगरपालिकाको हकमा सुझाव दिने अधिकार छ । यसको सिफारिस गर्ने प्रदेश कमिटिले हो । उम्मेदारको निर्णय गर्ने पार्टी स्थायी कमिटीले हो ।’

एमालेमा चार महानगरपालिकाको उम्मेदार छान्न गुटका कारण समस्या भएका समचारहरु सावृजनिक भएका थिए । ओली समुहको वर्चस्व रहेको भन्दै नेपालसमुहले पनि आफु कुनैपनि हालतमा पछाडि नपर्ने तयारी गरेको एक नेपाल समुहका केन्द्रीय नेताले बताए । उनका अनुसार देशका चार महानगरपालिकामा काठमाडौ ओली समुहलाई टिकट दिए पोखरा लेखनाथ महानगरपालिकामा आफुलाई दिनुपर्ने नेपाल समुहको तर्क छ । भरतपुर र ललितपुरमा भने एक एक भाग लगाउने तयारी भएको बताइएको छ ।

पोखरा लेखनाथ नगरपालिकामा उमेद्वारका छनौटका लागि निर्वाचन भएर ओली समुहले जितेपनि काठमाडौमा ओली समुहले टिकट पाए पोखरामा नेपाल समुहलाई दिनुपर्ने ती सदस्यले बताए । यसकालागि नेपाल समुहले युवा नेता रविन्द्र अधिकारीलाई आन्तरिक रुपमा तयारी गराएको ती सदस्यले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न