काठमाडौं–तराई मधेस द्रुतमार्ग निर्माण समयसीमाभित्रै सकिन्छ : सेना

काठमाडौं ,मंसिर १०, नेपाली सेनाले काठमाडौं–तराई मधेस दु्रतमार्ग निर्माणको कामले गति लिएको भन्दै निर्धारित समयसीमाभित्रै निर्माण सकिने बताएको छ । एसियाली राजमार्ग डिजाइन मापदण्ड १९९३ अनुसार निर्माण हुने राष्ट्रिय गौरवको सो आयोजनाको निर्माणको गति बढेको भन्दै सेनाले समयसीमाभित्रै निर्माण कार्य सकिने सम्भावना रहेको बताएको हो 

‘एसियाली राजमार्ग डिजाइन मापदण्ड १९९३ अनुसार निर्माण हुने राष्ट्रिय गौरवको यो आयोजनाले विभिन्न व्यवधानका बाबजुद हाल आएर गति पकडेको छ, जसबाट यसको समयसीमाभित्र निर्माण सम्पन्न हुने सम्भावनामा गुणात्मक वृद्धि भएको छ,’ सेनाले सोमबार विज्ञप्ति जारी गर्दै भनेको छ ।

७२ दशमलव ५ किलोमिटर लामो दुरी रहने सो आयोजनाको बाग्मती प्रदेश र प्रदेश २ का गरी चारवटा जिल्ला ललितपुर, काठमाडौं, मकवानपुर र बारा हुँदै निजगढलाई अन्तिम बिन्दुका रूपमा प्रस्ताव गरिएको छ ।

सेनाले लामो समयसम्म डीपीआर उपलब्ध नहुनु र उपलब्ध भइसकेपछि पनि स्वीकृति हुन नसक्नु तथा अन्तर्राष्ट्रिय परामर्शदाताको छनोटमा हुन गएको ढिलाइ तथा कोभिड–१९ का कारण केही समय आशातीत गतिमा निर्माण कार्य अघि बढ्न नसकेको भने स्वीकार गरेको छ ।

हाल भने अन्तर्राष्ट्रिय परामर्शदाता र सम्बद्ध टिमको आगमन एवं जटिल पाटोका रूपमा रहेको सुरुङ मार्गका लागि कम्पनीहरूको सटिङका लागि मूल्यांकन कार्य भइरहेको सेनाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की