August 28, 2016

कमजोर सडक, चालकको लापरबाहीका कारण कोसी पहाडी क्षेत्रमा वढि दुर्घटना

Image title१२ , तेह्रथुम । सडकको दुरावस्था र चालकको लापरबाहीले कोसी पहाडी क्षेत्रमा सवारी दुघर्टना बढी हुने गरेको छ । कच्ची साँधुरो भएकाले सवारी चलाउदा चालकले अप्नाउनु पर्ने सवाधानी नअप्नाउदा धेरै दुघर्टना भएको तथ्यहरुले देखाएको छ । कोसी पहाडी जिल्लामा हाईवे र भित्री सडक गरी करीव दुईसय किलोमिटर सडक कालोपत्रे गरिएको छ । ती सडकहरु समेत ठाउँठाउँमा भत्किएका छन् । सडकको विचमा ठुलाठुला खाल्डो परेकाले सवारी साधानले क्लज तानेर एक्कासी बे्रक लगाउनु पर्छ । जस्को कारण कहिलेकाही सवारी साधान अनियन्त्रित हुन्छ ।

अनुभव नभएको चालक छ भने दुघर्टना हुने गरेको यातायात मजदुरदे बताउने गरेका छन  । पहाडी सडकमा अप्ठयरो धुम्ती, चिप्लो सडक, हुस्सु, सडक मिचेर राखिएका निर्माण सामग्री  र काठपात पनि दुघर्टनाको कारण हुन् । ट्राफिक प्रहरीको ब्यबस्था भएपनि पहाडी रुटमा क्षमता भन्दा बढी यात्रु राख्ने, टाफिक नियम पालना नगर्ने समस्या पनि बढी रहेको छ ।

भौगोलिक विकटता र थोरै संख्यामा हुने ट्राफिक प्रहरीले सवैतिर निगारानी गर्न सकेको छैन । त्यही कारण सवारी चालकलाई कार्वाही गर्ने क्रम पनि बढेको छ । गएको आर्थिक बर्षमा मात्रै कोसी पहाडको तेह्रथुम धनकुटा, भोजपुर, र संखुवासभा जिल्लामा १४ हजार ५७८ वटा सवारी कार्वाही  भएका छन् ।   यो कार्वाहीबाट ७२ लाख ७० हजार ९५० रुपैयाँ राजस्व संकलन भएको छ । ६६ वटा दुघर्टना भएका छन् । १४ जनाले ज्यान गुमाएका छन् भने ११४ जना घाईते भएका छन् ।

 ट्राफिक प्रहरीले नियमित चेकजाँच र नियम उल्लंघन गर्नेलाई कार्वाही गरेपनि सुधार हुन सकेको छैन । यातायात ब्यबसायीलाई गाडीको ईन्जिन नियमित मर्मत गर्न, चालकलाई ट्राफिक नियम पालना गर्न पटकपटक अनुरोध गरे पनि परिवर्तन नदेखिएको ट्राफिक प्रहरी कार्यलय तेह्रथुमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

चीनद्वारा २८ करोड बराबरको राहत हस्तान्तरण

 कात्तिक २२, पोखरा। जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेर दुई चिनियाँ जहाज आइपुगेका छन्

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

आज सन्दीपविरुद्धको मुद्दा सुनुवाइ हुँदै

काठमाडौँ, असोज २५ गते । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दाको पेसी आज हुँदै छ