ओली : कांग्रेस र माओवादीको भरिलो राष्ट्रवाद कस्तो हुन्छ ?

२३ भदौ, तनहुँ – नेकपा एमालेका अध्यक्ष केपी ओलीले कांग्रेस र माओवादीको भरिलो राष्ट्रवाद कस्तो हुन्छ नेपाली जनताले जान्न चाहेको बताएका छन् ।

 

KP-Oli-Tanahu

एमाले तनहुँले भानु नगरपालिका-२ नारेश्वरटारमा आयोजित सभामा ओलीले देशको हित र समृद्धिको कुरा गर्दा हाँसो मजाकमा उडाइएको गुनासो गरे । भारतीय हेपाहा प्रवृति र देशहित विरुद्धका गतिविधीको विपक्षमा कुरा गर्दा कांग्रेस र माओवादी नेताहरु खोक्रो राष्ट्रवाद, महेन्द्रीय राष्ट्रवादको उपमा दिएको भन्दै उनले भने, ‘प्रचण्डीय राष्ट्रवाद र शेरबहादुरीय राष्ट्रवाद कस्तो हुन्छ ?’

कांग्रेसप्रति आक्रमक रूपमा प्रस्तुत भएका एमाले अध्यक्ष ओलीले लोकतान्त्रिक भनिएको कांग्रेसलाई कसले चलाएको छ भनि प्रश्न गरे । ‘माओवादी अब सकिँदै गएकाले उसका बिषयमा टाउको दुखाउन आवश्यक छैन,’ उनले भने, ‘कांग्रेस माथि सहानुभूति मात्रै बाँकी छ ।’

पूर्वपश्चिम रेल, समुद्रमा नेपालको पानीजहाज, हावाबाट बिजुली, स्मार्ट सिटी, खानीहरूको उत्खनन् जस्ता विषयका उठाउन गर्दा मजाकका रुपमा उडाइएको गुनासो गर्दै अध्यक्ष ओलीले प्रश्न गरे, ‘कांग्रेसमा कुन जमानाका मान्छे छन् ? इनारको भ्यागुताले माथिल्लो सतहको आकाश देखेजस्तै भा’छ कांग्रेसका लागि यो कुरा ।’

माउ किराले दराजमा राखेको चिना खाएको जस्तै कांग्रेसले जनताको भविश्य ‘कट्क्ट’ गर्दै टोकेर सिध्याएको उनको दाबी छ । राष्ट्रवादी, प्रगतिशील र देशको उन्नती चाहने ब्यक्ति अब कांग्रेसमा बस्न नहुने उनको जिकिर छ ।

ओलीले आगामी प्रदेश र संघीय संसदको चुनावमा एमालेले स्पष्ट बहुमत ल्याउने दावी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने