ओली अभिव्यक्ति सच्याउँदै छन्

काठमाडौं,साउन ११, एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाललाई माफी दिने व्यक्ति आफू नभएको बताएका छन्। उनले माफी दिने वा कारबाही गर्ने भन्ने पार्टीले तय गर्ने भन्दै आफ्नो यसअघिको अभिव्यक्तिलाई सच्याएका हुन्।

ओलीले गत बिहीबार केन्द्रीय कमिटी बैठकमा बाटो बिराएकालाई आममाफी दिने बताएपछि नेपालले त्यसको चर्को आलोचना गरेका थिए।

त्यसपछि ओलीले आइतबार अखिल नेपाल महिला संघको प्रथम बैठकलाई सम्बोधन गर्दै भने, ‘बाटो बिराएकालाई पनि फर्केर आउन आग्रह गर्छु, पार्टीको नीति र सिद्धान्तअनुसार चल्नुपर्छ। पार्टीलाई स्वार्थ र बिकाउमा नलगाऊँ। देशको सबैभन्दा बढी जनसंख्या एमालेमा छन्। एमाले परिपक्व राजनीतिक पार्टी हो, यो देशको मुख फेर्ने पार्टी हो।’

एमाले पनि भन्न नछाड्ने, अनुचित क्रियाकलापमा पनि सहभागी हुने गतिविधि अपराध भएको र यसले लोकतान्त्रिक आन्दोलनलाई असर पारेको उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने