उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण

अन्तरास्ट्रिय समाचार
northkoreay-650x250

दक्षिण कोरिया, २३ चैत । उत्तर कोरियाले उसको पूर्वी बन्दरगाहा सिन्पोबाट ‘सी अफ जापान’मा क्षेप्यास्त्र प्रहार गरेको अमेरिका र दक्षिण कोरियाका अधिकारीहरुले बताएका छन्।

दक्षिण कोरियाको रक्षा मन्त्रालयले क्षेप्यास्त्रले ६० किलोमिटरको दूरी पार गरेको जनाएको छ।यो, उत्तर कोरियाको श्रृखंलावद्ध परीक्षणहरुको सबैभन्दा पछिल्लो घटना हो। उत्तर कोरियाले यी यस्ता परीक्षणहरु शान्तिपूर्ण प्रयोजनका लागि भएको बताउने गर्छ।
पश्चिमा जगत भने ती परीक्षणलाई आणविक हतियार विकास गर्ने अङ्गका रुपमा हेर्छ।

अमेरिकी समकक्षी डोनल्ड ट्रम्पसँग भेट्न चिनियाँ राष्ट्रपति सी जिनपिङ् अमेरिका यात्रामा निस्कन लागेका बेला पछिल्लो घटना भएको हो।ती दुई नेताले उत्तर कोरियाको आणविक तथा क्षेप्यास्त्र योजनाहरुलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्नेबारे छलफल गर्ने बताइएको छ।

अमेरिकी रक्षा मन्त्री रेक्स टिलरसनले उत्तर कोरियाबारे अमेरिकाले पर्याप्त बोलिसकेको भन्दै थप टिप्पणी नगर्ने बताए।
अमेरिकी सेनाको प्रशान्त क्षेत्रीय कमाण्डले उत्तर कोरियाले प्रहार गरेको पछिल्लो क्षेप्यास्त्र मध्यम दूरीको केएन फिफ्टिन रहेको बताएको छ।

जापानले पछिल्लो प्रहार उत्तेजना फैलाउने खालको भएको टिप्पणी गरेको छ।दक्षिण कोरियाले भने त्यसलाई कोरियाली प्रायद्वीप र अन्तर्राष्ट्रिय जगतको शान्ति एवम् सुरक्षामाथिको खतरा तथा राष्ट्रसंघप्रतिको ठाडो चुनाती भएको भन्दै भर्त्सना गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण

सञ्चार क्षेत्रमा भएका विकृतिहरुलाई नियन्त्रण गर्नुपर्छ : सभामुख घिमिरे

असार १६ गते । सभामुख देवराज घिमिरेले सञ्चार क्षेत्रलाई कुण्ठित गर्नु नहुने बताउनुभएको छ । शनिबार