आज भाद्र २३ गते / सेप्टेम्बर ८ तारिख शुक्रबार को राशिफल

आज श्री शाके १९३९ बि.स. २०७४ साल भाद्र २३ गते शुक्रबार इश्वी सन २०१७ सेप्टेम्बर ८ तारीख आश्विन कृष्ण द्वितिया तिथी ११ः०० बजे सम्म पश्चात तृतिया तिथी चन्दमा मिन राशिमा सूर्य दक्षीणायन बर्षा ऋतु, तृतीयाश्राद्ध ,शिक्षा तथा साक्षरतादिवस 

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

तात्कालिक खर्चको सामना गर्नु पर्नेछ । पारीवारिक असमन्जसताको सामना गर्नु पर्ला । मित्रजन बिचको भेटघाटका क्रममा सामान्य खर्च बढ्नेछ । तपाँईको कार्यबाट अन्य ब्यक्तिहरुले समेत लाभ प्राप्त गर्न सक्नेछन । शारीरिक स्फुर्ती जाग्नेछ तथा पुराना रोग हरुबाट सामान्यतया छुट्कारा मिल्नेछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

स्थीर क्षेत्रमा गरीएका लगानिबाट उत्तम प्रतिफल प्राप्त हुनेछ । दिर्घ कालिन आम्दानिका श्रोत हरु फेला पर्नाले कार्य क्षेत्रमा रुचि बढ्नेछ । अध्यन अध्यापनका माध्यम द्वारा बिशीष्ठ ब्यक्तिहरु सगँको निकटता बढ्नेछ । तपाइको कार्यको अनावश्यक चर्चा बढ्न सक्नेछ साथै शत्रु शबल रहनेछन ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

सामान्य कार्य सम्पादनमा अधिक श्रम तथा समय खर्चनु पर्नेछ । कार्य प्रतिको लगन शिलतामा भने बृद्यि हुनेछ । सामाजिक कार्यद्वारा मान प्रतिष्ठा प्राप्तीको योग बन्नेछ । पारीवारिक मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहनेछ । स्वास्थ सम्बन्धी सामान्य समस्याले भने सताउन सक्नेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

सभासम्मेलन जन्य कार्यमा सरीक हुने अवसर जुट्नेछ । साथि भाई हरुको खराब संगतका कारण सामान्य अपजस आई पर्नेछ । साझेदारी कामका क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

ईष्ट मित्र बिच सामान्य बादबिवादको योग रहेको छ । सामान्य चोट पटकको सम्भाबना रहेको छ । मनोबिलासिताका सामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ सञ्चित रकम खर्च हुने योग रहेको छ । बाणिको कारण दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

परोपकार तथा ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । कार्य क्षेत्रको लापरबाहिले सामान्य झन्झट आईपर्ला । प्रेम सम्बन्धमा सुधार आउनेछ । जिवनसाथीको साथ सहयोग द्वारा ब्यापार ब्यवसाय तथा आम्दानि क्षेत्रमा मार्गदर्शन मिल्नेछ । भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । तात्कालिक खर्चका कारण सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ला । परोपकारको क्षेत्रमा समय ब्यतित रहनेछ । कुराकाट्ने ब्यक्तिको कमि नरहला । बोल्दा सजग रहनु होला बोलिको कारण नजिकका मित्रजन रुष्ट रहन सक्छन ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

चाढो क्रोधको सिकार भईनेछ सजग रहनु होला । पारीवारिक समस्याले सताउन सक्छ । सामान्य चुनौति पस्चात आम्दानि राम्रो रहनेछ । बौधिक ब्यतित्व हरुको साथ प्राप्त हुनेछ । बिद्या प्राप्ति योग रहेको छ । सन्तान सम्बन्धि समस्याले सताउने छ । सामान्य यात्रा हुन सक्छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

सभा सम्मेलनमा समय ब्यतित हुने योग रहेको छ । पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । आय मुलक कार्यको थालनि हुनेछ । निर्णय गर्ने क्षमता मा बृद्धि हुने योग रहेको छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

बल तथा पराक्रममा बृद्यि हुनेछ । सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ । मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

स शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । नयाँ लगानिको क्षेत्रमा समय राम्रो छैन सजग रहनु होला । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन् । सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ । निर्णय गर्ने क्षमता मा कमि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । मित्र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । खानपानका कारण स्वास्थमा सामान्य खराबि देखा पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि

अनलाइनबाट पनि नेता नेम्वाङलाई श्रद्धाञ्जली दिन सकिने

काठमाडौँ,  भदौ २६ गते । संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति शब्द