February 14, 2017

आजको पत्रपत्रिकामा छापिएका मुख्य खवरहरु

patrapatrika-bimal-250x150
३ फागुन, काठमाडौं । सरकारले प्रहरी नियमावली नै संशोधन गरेर नेपाल प्रहरीको निमित्त आईजीपीमा एआईजी दिनेशचन्द्र पोखरेलाई नियुक्त गरेको समाचारलाई मंगलबार काठमाडौंबाट प्रकाशित सबै दैनिक पत्रपत्रिकाहरुले फ्रन्टपेजमा छापेका छन् ।सोमबार दिउसो साढे तीन बजे प्रहरी महानिरीक्षक अर्यालको बिदाईको कार्यक्रम राखिएको थियो ।
तर,त्यो कार्यक्रम साँझ साढे ६ बजे मात्र सुरु भयो । कसलाई निमित्त दिने भन्ने विवादमा बिदाई कार्यक्रम ढिला सुरु भएको हो ।अध्यारो हुँदासम्म अर्याल सरकारको निर्णयको पखाईमा थिए । तर, चार साँझसम्म पनि निर्णय नभएपछि उनले मुख्यालय छाडेका थिए । अर्यालसहित सोमबारदेखि अवकाश पाएका एआईजीहरु डा.पोखरेलले नै फुलमाला लगाएर बिदाई गरेका थिए ।

सरकारले आइतबार जय बहादुर चन्दलाई आईजीपीमा बढुवा गरेको थियो । तर, आइतबार नै सर्वाेच्च अदालतले उक्त निर्णय कार्यान्वयन नगर्न अल्पकालिन अन्तरीम आदेश जारी गरेपछि प्रहरीमा कमाण्डको समस्या उत्पन्न भएको हो ।

प्रहरी महानिरीक्षक नियुक्ति विवादबारे ८ फागुनमा सुनुवाइ
प्रहरी महानिरीक्षक (आइजिपी)मा बढुवाबारे सर्वोच्च अदालतमा परेको रिटमा ८ फागुनमा सुनुवाइ हुने भएको छ । बहसपछि मन्त्रिपरिषद्को निर्णयविरुद्ध भएको अन्तरिम आदेशले निरन्तरता पाउने कि नपाउने भन्ने टुंगो लाग्नेछ ।

सर्वोच्चले डिआइजी जयबहादुर चन्दलाई आइजिपी बनाउने निर्णय तत्काल कार्यान्वयन नगराउन सरकारका नाममा अन्तरकालीन आदेश दिएको छ । आइतबार डिआइजी नवराज सिलवालले हालेको रिटमा सोमबार सर्वोच्चले सरकारका नाममा अन्तरकालीन आदेश जारी गरेको हो । मन्त्रिपरिषद् बैठकले आइतबार चन्दलाई आइजिपी बनाउने निर्णय गरेलगत्तै सिलवालले सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले चन्दलाई आइजिपी बनाउने निर्णय यथास्थितिमा राख्न आदेश दिएको छ । प्रहरी नियमावली ०७१ को नियम ४१ विपरीत बढुवा गरिएको भन्दैै रिट दायर भएको थियो ।

त्यस्तै, राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरुलाई समयसीमाभित्रै तीनै तहको निर्वाचन गर्न लिखित आग्रह गरेको समाचारले पनि सबै पत्रिकाको फ्रन्टपेजमा स्थान पाएको छ ।

काठमाडौंका सडकको स्थिति आगामी दसैंसम्म अहिलेकै जस्तो हुनेलाई मुख्य समाचार बनाएको नयाँ पत्रिका दैनिकले राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक निकासका लागि दलहरूलाई लिखित आग्रह गरेको समाचारलाई खास महत्वका साथ प्रकाशित गरेको छ ।

नागरिक दैनिकको फ्रन्टपेजमा पूर्वपरराष्ट्रमन्त्री चक्रप्रसाद बास्तोला र पत्नी कुसुमको प्रगाढ प्रेमकथा छापिएको छ । त्यस्तै चालू आर्थिक वर्षको तीन अर्ब रुपैयाँ बजेट फ्रिज हुने सम्भावना बढेको समाचारले पनि महत्वपूर्ण स्थान पाएको छ ।

आगामी माघभित्र तीनै तहको निर्वाचन गरेर संविधान कार्यान्वयन गर्नु चुनौतीपूर्ण भएको समाचारलाई राजधानी दैनिकले महत्वका साथ छापेको छ ।

अन्नपूर्ण पोस्ट् दैनिकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको काम राजनीतिक दाउपेचमै अल्झिएको समाचारलाई फ्रन्टपेजमा प्रकाशित गरेको छ ।सीमावर्ती नाकाबाट महिलाको प्रयोग गरेर दैनिक ठूलो परिणाममा भारततर्फ सुपारी तस्करी हुन थालेको छ ।प्रहरीले शरीरमा सुपारी फिट गरेर लैजादै गरेको अवस्थामा दुईजना महिलालालाई नियन्त्रणमा लिएपछि सुपारी तस्करीमा महिलाको प्रयोग हुने खुलेको खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

राजधानीकै कारागारको अवस्था दयनीय रहेको पाइएको छ । व्यवस्थापिका संसदअन्तर्गत उद्योग वाणिज्य तथा उपभोत्ता हित उपसमितिले नख्खु सुधार गृह र सुन्धारास्थित केन्द्रिय कारागारमा गरेको अनुगमनमा यस्तो तथ्य सार्वजनिक भएको हो ।

अनुगमनमा यी कारागारका कैदी बन्दीले न्यूनतम सुविधासमेत प्राप्त नगरेको भेटिएको खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

कैदीबन्दीले उपभोग गर्ने खाद्यान्न र पिउने पानी गुणस्तरहीन अवस्थामा भेटिएको छ । उपसमितिले बन्दीले सेवन गर्ने खाद्य तथा पेय पदार्थको गुणस्तर, सरसफाई, बसाइको अवस्था र स्वास्थ्यको बारेमा जानकारी लिन अनुगमन गरेको हो ।

नख्खु कारागारका बन्दीले पिउने, शौचालयमा प्रयोग गर्ने, भाँडा धुने र नुहाउने पानी गुण्स्तरहीन अवस्थाम भेटिएको उपसमितिका संयोजक सुवासचन्द्र ठकुरीले बताए । खाना, खाजा पनि न्यून गुण्स्तरको छ । कैदीबन्दीसँग न्यूनतम मानवीय व्यवहार गरेको पनि पाइएन उनले भने ।

‘सीमावर्ती क्षेत्रमा महिला प्रहरीको उपस्थिति न्यून छ र पुरुष प्रहरीले महिलाको शरीर आनतलासी गर्न मिल्दैन’, एक प्रहरीले भने, ‘त्यही भएर शरीरमा सुपारी फिट गरेर भारत कटाउन महिलाको प्रयोग हुने गरेको हो ।’

प्रहरीले अनुसन्धानको क्रममा रहेको भन्दै पक्राउ परेका महिलाको नाम खुलाएको छैन ।

निजगढ-काठमाडौं फस्ट ट्रयाकको निर्माणमा दबाव धेरै भए पनि काम थोरै भएको समाचारलाई कान्तिपुर दैनिकले प्राथमिकता दिएको छ ।

गोरखापत्र दैनिकमा तीनै तहको निर्वाचन गराउन सरकार दृढ भएको समाचार र सम्पदा पुनर्निर्माण मिश्रित पद्धतिमा हुने समाचारले फ्रन्टपेजमा स्थान पाएको छ ।

२०७३ फागुन ३ गते ६:१२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

महासचिव नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि

 मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र

संविधान कार्यान्वयनको सबैभन्दा महत्त्वपूर्ण आयाम सामाजिक न्याय : प्रधानमन्त्री

 मङ्सिर ११, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  संविधानमा व्यवस्था अनुसार समाजवाद उन्मुख संविधान कार्यान्वयनको सबैभन्दा

आजदेखि सर्वोच्चमा टिकटक प्रतिबन्धविरुद्धको रिटमा सुनुवाइ हुँदै

मङ्सिर ४काठमाडौँ। सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ प्रारम्भ हुँदै छ ।