आइएसको धम्की दियो मुख्यमन्त्री योगी आदित्यनाथलाई

लखनउ, चैत ९ । भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथलाई अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट ९आइएस० ले धम्की दिएको छ ।

1490165066yogi-adityanath
बुधबार बिहान उत्तर प्रदेशको वाराणसीको मिर्जापुर बजार क्षेत्रमा आइएसले धम्कीपूर्ण पर्चा छरेको हो ।

सो पर्चामा मार्च २४ मा पूर्वाञ्चलमा विध्वंश मच्चाउने चेतावनी दिइएको भारतीय संचारमाध्यमले जनाएका छन् । योगी सरकारलाई पर्चामार्फत चुनौती दिदैं भनिएको छ, ‘सक्ने भए ध्वंशलाई बचाउ ।’

मिर्जापुर थानाका प्रहरीले उक्त पर्चाबारे अनुसन्धान थालेको बताइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकै संसदीय क्षेत्रमा उक्त पर्चा पाइएका कारण गुप्तचर निकायले पनि मामलालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान थालेको बताइएको छ ।

पर्चामा पूर्वाञ्चल क्षेत्रमा आइएसका दुई हजार लडाकु रहेको दाबी गरिएको छ ।

कट्टर हिन्दुवादी नेता योगी आदित्यनाथ नेतृत्वमा राज्य सरकार गठन भएपछि उत्तर प्रदेशलाई आइएसले निशाना बनाउन लागेको अनुमान गरिएको छ । ९एजेन्सी०

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल