अपहरण मलेसियामा , बार्गेनिङ नेपालमा 

काठमाडौं, असाेज २२: दाङ पहरुवाकी अनिता रैदासले गत असार १४ गते हिमालयन बैंकको घोराही शाखामा १२ लाख रुपैयाँ जम्मा गरिन्। उनले नै त्यसको पर्सिपल्ट असार १६ गते हिमालयन बैंककै तुलसीपुर शाखामा चार लाख रकम जम्मा गरिन्। बैंकका कर्मचारीले उक्त रकमको स्रोत खोजी गर्दै किन जम्मा गर्न लागेको भनेर बुझे। अनिताले पति मध्म रैदास मलेसियामा अपहरणमा परेकाले फिरौती पठाउन लागेको खुलाइन्।

उनले त्यत्रो धेरै रकम मोरङको साबिक सुन्दरपुर गाविस–५ घर भएका ४४ वर्षीय दुर्गाबहादुर श्रेष्ठ (डेभिड) को खातामा जम्मा गरिदिएकी थिइन्। त्यसबारे बैंकका कर्मचारीले आफ्नो केन्द्रीय कार्यालयमा खबर गरे। बैंकका उच्च अधिकारीले राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाइमा पुर्‍याए। त्यसपछि इकाइ प्रमुखले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखलाई जानकारी गराए।

प्रहरीले रैदास अपहरणका आरोपित श्रेष्ठलाई पक्राउ गरी घटनाको अनुसन्धान गरिरहेको छ। ब्युरोका डीआईजी सहकुल थापाले ९ दिनअघि पक्राउ परेका श्रेष्ठको बयान लिने काम सकिएको जानकारी दिए। डीआईजी थापाका अनुसार पीडित रैदास  केही दिनभित्रै मलेसियाबाट आइपुग्नेछन्। त्यसपछि थप अनुसन्धान सुरु हुने डीआईजी थापाले सुनाए। श्रेष्ठलाई भने नेपाल आएको मौकामा कान्तिबाल अस्पताल अगाडिको सडकबाट पक्राउ गरिएको थियो।

अभियुक्त श्रेष्ठ मलेसियास्थित टप ग्लोभ कम्पनीस्थित नेला कर्नर क्यान्टिन सञ्‍चालक रहेछन्। श्रेष्ठकै योजनामा उनकी पत्नी धनमाया श्रेष्ठ र चालक श्याम नेपालीले रैदासलाई ६ दिन बन्धक बनाएको अनुसन्धानका क्रममा खुलेको छ। रकम जम्मा भएपछि छाडिएका रैदास पनि सोही कम्पनीमा कार्यरत छन्।

श्रेष्ठले मलेसियामा रहेका सोझा नेपाली कामदारलाई धम्क्याएर रकम असुल तथा कुटपिट गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनी २२ वर्षदेखि मलेसियामा बस्दै आएको पाइएको छ। ६ वर्षदेखि मलेसियामा कार्यरत रैदासलाई कम्पनीको पैसा चोरेको अभियोग लगाएर चालकको कोठामा थुनेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

घटनाक्रमको सुरुआतमा रैदाससँग कुरा गर्दागर्दै फोन काटिएको अनिताले बताइन्। उनका अनुसार त्यसको दुई दिनपछि मात्र बिहान सवा ४ बजे फेरि मोबाइलको घण्टी बज्यो। तर, पतिको मोबाइलबाट कल आए पनि अरू नै कोही बोले। ती व्यक्तिले रैदासलाई बन्धक बनाएर राखेको बताए। उनले एक–दुई दिनमै ६० हजार रिंगिट (१७ लाख १८ हजार रुपैयाँ) बैंकमा जम्मा नगरे रैदासलाई मारिदिने धम्की दिए। तब पतिलाई केही नगर्न आग्रह गर्दै अनिताले पैसा खोजेर पठाइदिने सहमति जनाइन्।

अपहरणको ६ दिनमा रैदासलाई अपहरणकारीले मुक्त गरेको उनले सुनाइन्। ब्युरोकै प्रहरीका आग्रहमा अनिताले लकडाउन खुकुलो भएसँगै साउन अन्तिममा अपहरण र शरीर बन्धकमा श्रेष्ठविरुद्ध जाहेरी दिइन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

खोटाङ अस्पतालमा जीवन जलसमेत भेटिएन : आयोग

खोटाङ, असोज २५  गते । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय दिक्तेलले खोटाङमा

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की

क्यानडाबाट भारतीय भिसा बन्द भएको घाेषणा

ओटावा, असोज ४ गते । भारतले क्यानडाको राजधानी ओटावास्थित आफ्नो दूतावासबाट जारी गर्दै आएको प्रवेशाज्ञा (भिसा)