अन्तिम बलमा चौका हान्दै धोनीले पुणेलाई जिताए

१० बैशाख, काठमाडौं । अन्तिम बलमा चौका हान्दै एमएस धोनीले राइजिङ पुणे सुपरजाइन्टलाई सनराइज हैदराबादमाथि ६ विकेटको जित दिलाएका छन् ।

MS-Dhoni-768x460

 

हैदराबादले दिएको १७७ रनको लक्ष्य पुणले ४ विकेट गुमाएर अन्तिम बलमाभेट्टायो । उसलाई अन्तिम ओभरमा ११ रन चाहिएको थियो र क्रिजमा मनोज तिवारी र धोनी थिए ।

पहिलो बलमा तिवारीले चौका हाने, जतिबेला क्याच ड्रप भएको थियो । त्यसअछि लगातार एक-एक रन लिएको पुणेलाई अन्तिम दुई बलमा ४ रन चाहियो । सेकेण्ड लास्ट बलमा दुई रन जोडेका धोनीले अन्तिम बलमा चौका हान्दै टिमलाई जित दिलाए ।

धोनी ६१ रनमा अविजित रहे भने तिवारी १७ रनमा नटआउट रहे । उसका लागि राहुल त्रिपाठीले ५९ रनको पारी खेले भने कप्तान स्टिभ स्मिथले २७ रन बनाए ।

यसअघि पुणेमा पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ३ विकेट गुमाएर १७६ रन बनाएको थियो । उसका लागि मोइज हेनरिक्सले ५५ रन बनाए भने डेभिड वार्नरले ४३ रन जोडे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति