अख्तियारद्वारा उड्डयन प्राधिकरणमा छापा

akhtiyar-durupayog-nibaran-ayog_mnhzgXiUPA-750x500चैत १, २०७३ काठमाडौं , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मचारीहरुलाई करोडौ रुपैयाँ गैरकानुनी रुपमा बोनस दिन लागेको आशंका गरी सोमबार नेपाल नागरिक उड्डयन प्राधिकरणमा गई सम्बन्धित कागजात कब्जामा लिएको छ। अख्तियारको एक टोली प्राधिकरण गई कर्मचारीहरुलाई बोनसबापत करोडौं रुपैयाँ बाँड्नका लागि निर्णय गरिएको फाइल कब्जामा लिइएको अख्तियारका प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए।

प्राधिकरण र सो अन्तर्गतका निकायमा हाल ८ सयभन्दा बढी कर्मचारीहरु कार्यरत छन्। उनीहरु सबैलाई बोनस दिनका लागि प्राधिकरणको सञ्चालक समितिले निर्णय गरेको बताइन्छ। अख्तियारबाट प्राप्त जानकारीअनुसार ती कर्मचारीहरुलाई बोनसबापत रकम बाँड्दा झन्डै ५४ करोड रुपैयाँ जाने थाहा पाएका कारण सम्बन्धित फाइल कब्जामा लिइएको हो।

अख्तियारका प्रवक्ता कोइरालाले प्राधिकरणले बाँड्न लागेको बोनसबापतको रकम कानुनी हो वा गैरकानुनी हो भन्ने बारेमा अनुसन्धान गरी निष्कर्षमा पुगिने उल्लेख गरे। अख्तियारका सम्बन्धित कर्मचारीले भने, ‘प्राधिकरणले गैरकानुनी रुपमा बोनस बाँड्न लागेको हो भन्नेमा हामीेले प्रारम्भिक रुपमा अनुमान गरेका छौं। हाम्रो यो अनुमान मिल्छ जस्तो लागेको छ।’

पर्यटनमन्त्री जीवनबहादुर शाहीले पनि प्राधिकरणका कर्मचारीहरुलाई बोनस दिने कार्यमा सहमति जनाएको कागजी रुपमा देखिएको अख्तियार स्रोतले जानकारी दियो। शाहीले हाल अर्कै मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। अख्तियारले दिएको जानकारीअनुसार मन्त्री शाहीले आफूले पर्यटन मन्त्रालय छाड्ने क्रममा त्यस्तो सहमति दिएको बताइएको छ। थाहा खबर बाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।