November 30, 2017

८० जना न्यायाधीशको नियुक्ति विवाद मुद्दा हेर्दाहेर्दैमा

गतवर्ष उच्च अदालतमा नियुक्त गरिएका ८० जना न्यायाधीशहरुको नियुक्ति विवाद सम्बन्धी मुद्दाको सर्वोच्च अदालतमा आज जारी अन्तिम सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ । 

बिहीबार अन्तिम सुनुवाइ भन्दै सो मुद्दा न्यायाधीशत्रय ओमप्रकाश मिश्र, वमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको पूर्ण इजलासको पहिलो नम्बरमा राखिएको थियो । यसअघि कात्तिकको २३ गते सो मुद्दा हेर्न नभ्याउने भन्दै सारिएको थियो ।

उक्त नियुक्ति मुद्दामा दलगत भागबण्डाको आधारमा ८० जना न्यायाधीशलाई रातारात नियुक्ति गरेको आरोप न्यायपरिषदले खेप्नुपरेको थियो । 

महान्यायाधीवक्ता दुर्गाबन्धु पोखरेल, अधिवक्ताहरु डिलहरी शर्मा, प्रकाशकुमार काफ्ले, सुरेन्द्रप्रसाद यादव र तोयानाथ ढुंगानाले सो मुद्दा दर्ता गराएका हुन् । 

तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीले बालुवाटारमा बैठक राख्दै मध्यरातमा उच्च अदालतमा न्यायाधीश सिफारिस गरेकी थिइन् । 

नियुक्तिका लागि रोलक्रमको पहिलो नम्बरमा रहेका जिल्ला न्यायाधीश प्रकाश काफ्लेदेखि महान्यायाधिवक्ता कार्यालयका नायव महान्यायाधिवक्ता पोखरेलले दायर गरेको उक्त मुद्दामा हेर्दाहेर्दैमा राखिएको छ । पेसीको अर्को तारिख भने तोकिसकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको