जेठ ५,काठमाडौं : नोभेल कोरोना भाइरसका ५३ जना संक्रमित थपिएका छन् ।
भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा बाँकेमा ४६ जना परुष र एक महिला गरी ४७ जना भेटिएका छन् ।
विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा मोरङका एकजना पुरुष, भैरहवाको प्रयोगशालामा एक जना गुल्मीका पूरुष, धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा धनुषा, रौतहट, धादिङ र दाङका चारजना पुरुषमा कोरोना पोजेटिभ देखिएको छ ।
आज कोरोना देखिनेमा १८ देखि ४७ वर्षको उमेर समूहका रहेका छन् ।
यसअघि सोमबार ९ जनामा कोरोना पुष्टि भएको थियो । सोमबार मात्रै कोरोना पुष्टि हुने ६२ जना रहेका छन् ।
सोमबार १७० जनाको नमुना संकलन गरी कोरोना परीक्षण भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा कोरोना भाइसको आशंकामा ३ हजार ५५८ जनाको नमुना परीक्षण गरिएको जनाएको छ । आज देशैभरका आइसोलेसनमा ४ सय १२ जना रहेका छन् जसमा काठमाडौ उपत्यकामा २६ जना रहेका भने उपत्यका बाहिर ३ सय ८६ जना रहेका मन्त्रालयले जनाएको छ ।
आज देशैभरका क्वारेन्टाईनमा २० हजार ९० जना रहेका छन् ।
हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या ३६ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।
काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र
काठमाडौं, असार २४ गते – नेपाली सेनाको सैनिक अदालतले चरम असंवेदनशीलता देखाउँदै संवेदनशील मुद्दाहरूमा समावेश
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष
काठमाडौं, जेठ २८ । सत्तारुढ एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पाँचबुँदे प्रस्तावमा