२ वर्षदेखि स्वास्थ्य केन्द्र डाक्टर बिहीन

Banke-District

जेठ १२, नेपालगन्ज । बाँकेको विकट क्षेत्रमा रहेका स्वास्थ्य केन्द्रहरुमा एमविविएस दरबन्दी हुँदा पनि लामो समयदेखि जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले डाक्टर खटाउन सकेको छैन ।

 

सरकारी छात्रबृत्ति तथा जिल्ला जनस्वास्थ्य कार्यालय अन्तरगत दरबन्दी भएका डाक्टर तथा स्वास्थ्यकर्मी पनि सुविधा सम्पन्न ठाउँ मै कोचिएर बस्दा पनि कार्यालयले उनीहरुको उचित व्यवस्थापन गर्न सकेको छैन ।

बाँकेको राप्तीपारीको लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक सहितको जनशक्ति अभावका कारण नागरिकहरु स्वास्थ्य सेवाबाट बञ्चित हुनुको साथै उनीहरु समस्यामा परे सीमापारी भारतीय बजार जान बाध्य छन् ।

यद्यपी बाँकेको बनकटवा प्राथामिक स्वास्थ्य केन्द्रमा एक जना डाक्टरको दरबन्दी हुँदा ३ जना डाक्टर कोचिएर बसेका छन् भने खजुरमा रहेको प्राथामिक स्वास्थ्य केन्द्रमा दुई जना डाक्टरहरु रहेका छन् । दुबै सुविधायुक्त स्थान हुन ।

लक्ष्मणपुर प्राथामिक स्वास्थ्य केन्द्रका प्रमुख मेडिकल अधिकृत डा. राजेशकुमार मण्डल करिब दुई बर्षदेखि लामो अध्ययन विदा वसेपछि स्वास्थ्य सेवा केन्द्र नै प्रमुख विहिन बनेको छ । केन्द्र प्रमुख मात्र नभई सो अस्पतालका वरिष्ठ कर्मचारी समेत रिक्त रहेको अवस्था रहेको छ ।

योे केन्द्रमा डाक्टरसहित रहेको ११ जनाको कर्मचारीको दरबन्दीमा हाल जम्मा ६ जना कर्मचारी कार्यरत रहेकाहरु पनि नियमित उपस्थित नरहेको स्थानीयले गुनासो गरेका छन ।

लामो समयदेखि चिकित्सक विदामा बस्ने र अन्य स्वास्थ्यकर्मीको पद रिक्त हुनुले सो क्षेत्रका नागरिकहरु स्वास्थ्य सेवाको अनुभुति समेत गर्न नसकेका स्थानीय गुरद्दिन यादवले गुनासो गरे ।

कालाफाँटा स्वास्थ्य केन्द्रका हेल्थ असिस्टेन्ट रामदत्त जोशी सरुवा भएर बाँकेकै पिप्रहवा आएपछि त्यहाँपनि एचएको पद खाली छ ।

यसैबीच जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख तथा बरिष्ठ जनस्वास्थ्य प्रशाशक खिमबहादुर खड्काले केही दिन भित्र बाँकेका सबै स्वाथ्य केन्द्रमा आवश्यक जनशक्ति पूर्ती हुने दावी गरे । उनले बनकटवा र खजुरामा रहेका डाक्टरहरुको बारेमा जानकारी दिदै भने-‘बनकटवामा एक जना डाक्टरको करार अवधि पुरा भएको छ । भने एकजना भर्खरै आउनु भएको हो । खजुरामा पनि त्यस्तै हो ।’

उनले लक्ष्मणपुरमा भरतपुरबाट एकजना डाक्टर सरुवा भएर आएको भएपनि हालसम्म हाजिर हुन नआएकोले समस्या भएको दाबी गरे ।

जिल्लामा रहेका स्वास्थ्य केन्द्रमा आवश्यक जनशक्ति नभएर जनताले पाउनु पर्ने सेवा नपाई दुख पाएको अवस्थामा जिल्ला जनस्वास्थ्य कार्यालयमा दरबन्दी नै नभएर लामो समयदेखि राजनीतिक पहुँचको आधारमा केही कर्मचारी जगेडा बस्दै आएको जानकारीमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको