५ असोज, काठमाडौं : प्रदेश नम्बर २ का आठ जिल्लामा असोज २ गते निर्वाचन भएका स्थानीय तहमध्ये १७ वटा स्थानीय तहको मतगणना सम्पन्न भई परिणाम सार्वजनिक भएको छ ।
निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट आज दिउँसो १ बजेसम्म प्राप्त विवरणअनुसार, प्रमुख एवं अध्यक्षमा नेपाली काँग्रेस छ, नेकपा (एमाले) चार, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरम दुई/दुई र राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवारले एक स्थानीय तहमा विजयी भएका छन् ।
आयोगका प्रवक्ता नवराज ढकालका अनुसार हालसम्म ५७८ वटा वडाको अन्तिम मतपरिणाम प्राप्त भइसकेको छ ।
मतगणना बाँकी रहेका ११८ स्थानीय तहमध्ये एकाध स्थानमा मतगणनामा गतिरोध उत्पन्न भएका कारण सर्वदलीय सहमति गरी मतगणना चालु गर्ने प्रयास भइरहेको र अन्य सबै स्थानमा मतगणना कार्य शान्तिपूर्णरूपमा जारी रहेको आयोगले जनाएको छ ।
मतगणना कार्यलाई शीघ्र सम्पन्न गर्न हाल ३३९ वटा मतगणना टोलीबाट मतगणना कार्य भइरहेको प्रवक्ता ढकालले जानकारी दिए ।
त्यस्तै राजपा नेपालका वडाध्यक्षको उम्मेदवारको निधन भएका कारण स्थगन भएको राजविराज नगरपालिका–१५ मा आज शान्तिपूर्णरुपमा मतदान भइरहेको छ । रासस
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास