हिम्मतवाली तीन महिला र तीन चुचुरो

3-women-e1489106798807

फागुन २७

काठमाडौं – साहसिक खेल हो हिमाल आरोहण जसमा ठूलै आँट चाहिन्छ । एकपटक नभएर बारम्बार हिम्मत जुटाउनुपर्छ ।

सन् २००७ मा उनीहरुले सर्वोच्च शिखर सगरमाथा चढे । ‘हिमालहरुको हिमाल’, ‘ज्यानमारा हिमाल’, ‘माउन्ट किलर’जस्ता थुप्रै उपमा पाएको पाकिस्तानको केटु (८,६१२ मिटर) पनि चढे ।

विश्वकै दास्रो अग्लो मात्र होइन, प्राविधिक रुपमा अत्यन्त कठिन मानिने केटुको चुचुरोमा सन् २०१४ मा चुमे, केटु पुग्ने पहिलो महिला टिम भनेर नाम लेखाए ।

अब उनीहरु विश्वको तस्रो अग्लो हिमशिखर (८,५८६ मिटर) कञ्चनजंघा चढ्ने तयारीमा छन् ।
उनीहरु अर्थात् ‘थ्री वुमेन, थ्री टप’ अभियानका ओखलढुंगाकी माया शेर्पा, सोलुखुम्बुकी पासाङल्हामु शेर्पा र दोलखाकी दावा याङजुम शेर्पा ।

जलवायु परिवर्तन न्युनिकरणको सन्देश बोकेर चैत २५ गते काठमाडौंबाट हिँड्ने तयारीमा छन् उनीहरु ।

 

 

photo

NOC1-250x300