May 25, 2017

हिमालयन ट्राभल मार्टमा सहभागिहरु आउन थाले

himalayanकाठमाडौं — जुन १ देखि ४ सम्म राजधानी काठमाडौंमा आयोजना हुन गइरहेको हिमालयन ट्राभल मार्टमा सहभागिहरु आउने क्रम शुरु भएको छ । बिभिन्न देशबाट करीब १ सय जना सहभागिहरुको आगमन भइसकेको छ । यस मार्टमा बेलायत, अमेरिका, भारत, दक्षिण  अमेरकिा, चीन, सिगापुर, श्रीलंका, कोरिया लगायत देशरुबाट सहभागी रहेका छन् ।

ब्लगरहरु, क्रेताहरु,बिक्रेताहरु नेपालको कला, संस्कृति, प्राकृतिक सुन्दरताको अबलोकन गर्न पनौती, चितवन, पोखरा, लुम्बिनी भ्रमणमा निस्की सकेका छन् । बिभिन्न देशबाट मार्टमा सहभागिरुको आगमनसगै हिमालयन ट्राभल मार्टको रौनकता थपिएको छ । यस मार्टमा ९३ जना ब्लगरहरु, ७० जना क्रेताहरु, ४५ जना बिक्रेताहरु र प्रख्यात बक्ताहरुको सहभागिता रहने छ ।

महाबिनाशकारी भूकम्प र नाकाबन्दीले थिलथिलो पारेको पर्यटन उद्योगलाई यस हिमालयन ट्राभल मार्टले बिश्वबजारमा नेपालको पर्यटनको चर्चा र बहस हुने कार्यकारी आयोजक पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले जानकारी दिए । नेपालमा अन्र्राष्ट्रिय स्तरको पर्यटन इभेन्ट पहिलो पटक हुन गइरहेकोले नेपाली पर्यटन उद्योगको हिमालयन ट्राभल मार्ट कोशे ढुंगा हुने पर्यटन बिज्ञहरुले आशा गरेका छन् ।

यस मार्टको होस्ट नेपाल सरकार संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको छ भने आयोजक नेपाल पर्यटन बोर्ड र कार्यकारी आयोजक पाटा नेपाल च्याप्टर रहेको छ । पर्यटनस“ग आबद्ध सबै संघ संस्थाहरुले आबद्धता जनाइसकेका छन् । यस मार्टमा ब्लगर र मिडियाको सम्मेलन र क्रेता र बिक्रेताबीचको सम्मेलनका आर्कषक पक्ष हुने छन् ।

हिमालयन ट्राभल मार्टबाट नेपाली पर्यटनको प्रोडक्टलाई बिश्व बजारमा कसरी आधुनिक शैलीमा बेच्न सकिन्छ भन्ने जानकारी मिल्ने पाटाका अध्यक्ष सुमन पाण्डे बताए । नेपाल हिमालयको प्रबेशद्धार हो भन्ने कुरालाई यस मार्टले पुष्टि गर्ने आयोजकले जानकारी दिउका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

बुद्धोपदेशको वैश्विक महत्व

 २९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ