हरेक प्रदेशमा एक नमुना कृषि वन, कृषि अनुदानमा एकद्वार नीति

काठमाडौं : सरकारले वास्तविक कृषकलाई सहज ढंगले अनुदान उपलब्ध गराउने  भएको छ । संघीय संसदको संयुक्त सदनमा आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवि भण्डारीले एउटै तह र निकायबाट मात्रै अनुदान दिने नीति लिने बताइन् । 

सरकारले भूमि उपयोग विहिन हुने स्थितिको अन्त्य गर्ने, निजी बाँझो जग्गा तथा खेतबारीको कान्ला र आलीमा दलहन बालि लगाउन प्रोत्साहन गर्ने भएको छ । 

सरही क्षेत्रमा कौसी र गमला खेति प्रवद्धर्न गर्ने नीति लिने भएको छ । यस्तै अग्र्यानिक कृषि उत्पादन प्रवद्धर्नको लागि विशेष नीति आगामी बजेटले लिने भएको छ । अग्र्यानिक वस्तुको ब्रान्डिङ गरी अन्तराष्ट्रिय बजारमा प्रवद्धर्न गर्ने नीति समेत बजेटले लिने भएको छ । 

यस्तै कृषकलाई न्युनतम बचतको सुनिश्चितता गर्न बजेटले बालि लगाउनु पूर्व नै प्रमुख खाद्य बालिको न्यूनतम सर्मथन मूल्य तोक्ने नीति लिने भएको छ । यस्तै कृषि उपजको मूल्य सूचकलाई प्रभावकारी बनाउन सूचना प्रविधिको विकास गर्ने भएको छ । पशु तथा बालि बिमाको विस्तार गरी कृषिको क्षति न्यूनीकरण सरकारको प्राथमिकता हुने भएको छ । 

यस्तै भूमि बैंकको स्थापना गर्नुको साथै भूमि चक्लाबन्दी गरी सामूहिक खेतीमा उत्प्रेरित गर्ने नीति बजेटमा समावेश हुने भएको छ । जसले गर्दा एकसाथ उत्पादन वृद्धि र रोजगारी सिर्जना हुने सकारको नीति तथा कार्यक्रममा उल्लेख छ । 

यस्तै सरकारले उद्देश्य र कार्यक्षेत्रका आधारमा सहकारीलाई मर्जरमा प्रोत्साहन, तथा उत्पादन बढाउन सहकारीको प्रयोगलाई सरकरले प्राथमिकतामा राखेको छ । सरकारले आगामी वर्ष सबै प्रदेशमा कम्तीमा एक नमुना कृषि बन विकास कार्यक्रम प्रवद्धन गरिने नीति लिएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको