स्वास्थानीका पाना च्यात्न नेकपाकी संसाद सुवेदीको माग

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद योशोदा गुरुङ सुवेदीले स्वस्थानी र ऋषिपञ्चमी व्रत कथाका पानाहरू च्यात्न माग गरेकी छन्।

मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद सुवेदीले छाउपडी जस्तो कुसंस्कारलाई मजबुद पार्ने स्वस्थानी व्रत कथा र ऋषिपञ्चमी व्रत कथाका पानाहरू च्याउनुपर्ने माग गरेकी हुन्।

छाउपढी बार्ने कुरीति र कुसंस्कारबाट नेपाली महिलालाई मुक्त गर्न गृह मन्त्रालयले सुरु गरेको छाउगोठ भत्काउने अभियान स्वागतयोग्य भएको बताउँदै सुवेदीले भनिन्, ‘सदियौंदेखि नेपाली मलिालाई जकडेर राखेको कुरीति भत्काउन छाउगोड भत्काउनुमात्र पर्याप्त हुँदैन । ‘बारीका ढिक भत्काएर छाउगोठ भत्काएर मात्र के गर्नु ? मान्छेको मन मष्तिस्कबाट बाट भत्काउन जरुरी छ ।’

 

photo

NOC1-250x300