May 22, 2017

स्थानीय तह थप्न कुरा मिलेन : एमाले भने अनुपस्थित

जेठ ८, काठमाडौं – मधेसकेन्द्रित दलहरूलाई दोस्रो चरण निर्वाचनमा सहभागी गराउन सरकारले स्थानीय तहवृद्धिको प्रस्ताव ल्याए पनि राष्ट्रिय जनता पार्टी नेपालसहितका मधेसी शक्तिले अस्वीकार गरेका छन् ।आइतबार राति स्थानीय तह थपसम्बन्धी मन्त्रीस्तरीय तीन सदस्य र कांग्रेस, माओवादी केन्द्र, फोरम लोकतान्त्रिक, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टीलगायत दलका सांसदबीचको बैठकमा उपप्रधान तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले तराईमा २० वटासम्म स्थानीय तह थप गर्न सकिने प्रस्ताव राख्नुभएको थियो । बैठकमा प्रमुख प्रतिपक्षी एमाले भने अनुपस्थित थियो । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

यद्यपि राजपासहित मधेसी शक्तिले गच्छदारको प्रस्ताव अपूरो र अवैज्ञानिक रहेको भन्दै अस्वीकार गरिदिएका थिए । मन्त्री गच्छदारले आफूले आइतबार बिहान मात्र कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्ष्पकमल दाहालसँग परामर्श गर्दा २० तह थप्न सहमत भएको संकेत पाएको जानकारी दिएका थिए । फोरम नेपाल संसदीय दलका प्रमुख सचेतक शिवजी यादवले अन्नपूर्णसँग भन्नुभयो, ‘गच्छदारको प्रस्तावप्रति आपत्ति जनाउँदै राजपाका प्रतिनिधिहरूले सहमतिअनुसार जनसंख्याका आधारमा स्थानीय तह निर्धारण हुनुपर्ने माग गरे ।’

राजपाको माग र प्रमुख दलका शीर्ष नेताहरूको म्यान्डेटबीच संयोजन हुने नदेखेपछि गच्छदारले लिखित रूपमा सोमबार बिहानसम्म सुझाव दिन मधेसी दललाई आग्रह गर्दै बैठक अन्त्य गरेको यादवले बताउनुभयो । बेलुका पौने ८ बजे बालुवाटारमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिलाई प्रधानमन्त्रीले फोन गर्दै स्थानीय विकास मन्त्रालयमा भएको बैठक निर्णयमा नपुगेकाले मन्त्रिपरिषद् बैठक सोमबार बस्ने जानकारी गराउनुभएको थियो । सरकारले स्थानीय निर्वाचनमा मधेसी मोर्चालाई सहभागी गराउने उद्देश्यका साथ सोमबार २५ वटासम्म स्थानीय तह थप गर्ने जानकारी एक मन्त्रीले दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको