बैतडी, माघ २९ । नेपाली सेनाको बैतडीमा रहेको सत्रुमर्दन गुल्मले जिल्लाको दुर्गम तल्लोस्वराडमा सञ्चालन गरेको एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
तल्लोस्वराडको मेलौलीमा सञ्चालन गरेको शिविरबाट १७४ स्थानीयबासिन्दाले सेवा लिएको सत्रुमर्दन गुल्मका गुल्मपती सेनानी उज्जवल बानियाँले बताए ।
स्वास्थ्य शिविरमा चिकित्सक नवीन अधिकारीले १११ महिला र ६३ पुरुषको स्वास्थ्य परीक्षण गर्नुभएको थियो । शिविरमा निःशुल्क औषधि समेत वितरण गरिएको थियो ।
यस्तै जिल्ला स्वास्थ्य कार्यालयले मङ्गबारदेखि कुलाँउ र मेलौलीमा सञ्चालन गरेको महिला बन्ध्याकरण मिनील्याप तथा स्वास्थ्य परीक्षण शिविर पनि शुक्रबारै सम्पन्न भएको छ । उक्त शिविरमा सन्तानको रहर पुगिसकेका कुलाँउका १९ तथा मेलौलीका ११ गरी ३० महिलाले मनिल्याप सेवा लिएका छन ।
यस्तै कुलाँउमा २० तथा मेलौलीमा ८५ गरी १०५ गर्भवती महिलाले अल्ट्रासाउण्ड सेवा लिएका छन भने शिविरमै चेकजाँचकै क्रममा मेलौलीमा २४ महिलामा पाठेघर खस्ने समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डाक्टर गुणराज अवस्थीले जानकारी दिए ।
यसैबीच जिल्ला प्रशासन कार्यालयले सञ्चालन गरेको घुम्ती शिविरवाट तल्लोस्वराडका २०० बढी स्थानीय बासिन्दाले नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले जानकारी दिए । यही माघ २५ गतेदेखि सुरु भएको घुम्ती शिविर आजसम्म सञ्चालन हुने उनले बताए ।
१६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद दिवसको अवसरमा लैनचौरमा रहेको सहिद स्मारक
१६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको
१४ माघ, काठमाडौं । अभिनेत्री तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन
१३ माघ, काठमाडौं । चर्चित लोक तथा दोहोरी गाएक भीम पौडेलको निधन भएको छ ।
१३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री
१२ माघ, काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी