सुरु भयो यस बर्षको मनसुन : केही दिनभित्र देशैभर पानी पर्ने

काठमाडौं – यस वर्षको मनसुन सोमबारदेखि सुरु भएको छ । सोमबार पूर्वी नेपालबाट मनसुन प्रवेश गरेको हो । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीबाट जलवाष्पयुक्त हावा पूर्वी नेपाल प्रवेश गरेको हो । सोमबार पूर्वी नेपालमा हलुका वर्षा भएको महाशाखाका मौसमविद् वरुण पौडेलले बताए । केही दिनभित्र देशैभर मनसुन सक्रिय हुने उनको भनाइ छ । आजको नयाँ पत्रिकामा खबर छ ।

मनसुन पूर्ण रूपमा सुरु हुन पूर्वी वायुले पश्चिमी वायुलाई विस्थापित गर्नुपर्ने उनले बताए । हरेक वर्ष नेपालमा मनसुन सुरु हुँदा पूर्वी नेपालबाट प्रवेश गरी पश्चिम हुँदै पुनः पूर्व पुगेपछि सकिन्छ । यस वर्षको मनसुन तीन दिन ढिला सुरु भएको हो । नेपालमा हरेक वर्ष प्रायः १० जुनदेखि मनसुन सुरु भई २३ सेप्टेम्बरमा सकिन्छ ।

राजधानीमा तत्काल वर्षा हुने 
जल तथा मौसम विज्ञान विभागका पूर्वानुमान महाशाखाका अनुसार राजधानीमा एक–दुई दिनभित्र वर्षा हुने प्रक्षेपण गरिएको छ । बंगालको खाडीबाट जलवाष्पयुक्त हावा पश्चिमतिर बहन थालेकाले राजधानीमा तत्काल पानी पर्न सक्ने मौसमविद् वरुण पौडेलले बताए ।

औसत मात्र वर्षा हुने प्रक्षेपण 
यस वर्षको मनसुनमा औसत मात्र वर्षा हुने प्रक्षेपण गरिएको छ । तर, मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रमा भने औसतभन्दा कम वर्षा हुन सक्ने मौसमविद् पौडेलले बताए ।

३० वर्षको मौसमको विश्लेषणका आधारमा यस वर्ष नेपालमा कम वर्षा हुने अनुमान गरिएको उनले बताए । ‘कम वर्षा हुने भन्दैमा बाढीपहिरोजस्ता प्रकृतिक प्रकोप नहुने भन्ने हुँदैन,’ पौडेलले भने, ‘एकैदिन मुसलधारे वर्षा हुँदा प्राकृतिक प्रकोप हुन सक्छ ।’ नेपालमा वर्षभरिमा १४ सय मिलिमिटर पानी पर्दछ । मनसुनको अवधिमा मात्र ८० प्रतिशत पानी पर्ने गर्छ ।

‘प्रिमनसुन’मा धेरै वर्षा 
‘प्रिमनसुन’ भनेको मनसुन हुनुभन्दा अगाडिको समय हो । अन्य वर्षको तुलनामा यस वर्षको ‘प्रिमनसुन’मा धेरै वर्षा भएको छ । प्रिमनसुनमा धेरै वर्षा हुँदा डढेलो कम लागेको छ । त्यसैगरी, चैतेधान र तरकारी बाली लगाउने किसानलाई पनि फाइदा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको