सुन तस्करी: नेपालबाट लगेजमै बाहिरिन्थ्यो लाखौं डलर

 २६ माघ, काठमाडौं । सुन तस्करीका लागि खर्च गरिने लाखौं डलर भरियाले लगेजमै राखेर काठमाडौंबाट विदेश पुर्याउने गरेको खुलेको छ । ३३ किलो सुन तस्करीकाण्डमा पक्राउ परेका भरियाले प्रहरीसँगको बयानमा विदेशमा सुन किन्ने पैसा आफूहरूले नेपालबाटै लगेजमा लैजाने गरेको बताएका हुन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धानका क्रममा ठूलो परिमाणमा डलर लगेजमै विदेश लगिने गरेको र त्यस अतिरिक्त विदेशमा काम गर्ने नेपालीले हुन्डीमार्फत नेपाल पठाएको रकम थप संकलन गरी सुन खरिदमा प्रयोग गर्ने गरेको तथ्य फेलापारेको हो ।

करिब १५ करोड रुपैयाँ मूल्यबराबरको सुन किन्न चाहिने करिब १५ लाख डलर विदेशी बजारमा कसरी जाने गरेको थियो भन्नेबारे अनुसन्धानका क्रममा यो तथ्य फेलापरेको हो । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

‘१५ करोड नेपाली रुपैयाँको सुन किन्न करिब १५ लाख डलर चाहिन्छ जब कि विदेश जानेले एक हजार डलरभन्दा बढी पैसा बोक्न पाउँदैन । एलसी खोलेरै पैसा लिएर जाँदा पनि निकै ठूलो प्रश्न उठ्ने विषय भएकाले हामीले खरिद विषयमा अनुसन्धान बढाएका हौं’, अनुसन्धानमा खटिएका प्रहरी अधिकारी भन्छन्, ‘कि हुन्डीमार्फत सुन किन्ने कुरा हुन्छ कि त यतैबाट पैसा लिएर जाने कुरा हुन्छ । अनुसन्धान गर्दा भरियाले यतैबाट लगेजमा पैसा लिएर जाने गरेको बताएका छन् ।’

तस्करले पहिलोपटक आफूले सुन ल्याएको बताए पनि यस विषयमा सीआईबीले अध्यागमन विभागसँग विस्तृत विवरण माग गरेको छ । ‘तस्करहरू नियमित रूपमा विदेश जानेआउने गरेको हुनसक्ने भएकाले हामीले अध्यागमन विभागसँग उनीहरूको विवरण माग गरेका छौं’, सीआईबी स्रोत भन्छ । सीआईबीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रदेशसभा प्रत्यक्षतर्फको पछिल्लो मत परिणाम,नेपाली काङ्ग्रेसको अग्रता

१० मंसिर,काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत प्रदेशसभाको प्रत्यक्षतर्फ को

समानुपातिकतर्फबाट १० लाख मत कटाउंदै एमालेको अग्रता कायमै,घण्टी तेस्रो स्थानमा

९ मंसिर,काठमाण्डाै । नेकपा (एमाले) ले मतगणना प्राराम्भदेखिनै समानुपातिकतर्फ अग्रता कायमै राखेको छ । निर्वाचन

रौतहट -३ बाट स्वतन्त्र उम्मेदवार प्रभु साह विजयी

८ मंसिर ,काठमाडौं । रौतहट–३ बाट स्वतन्त्र उम्मेदवार प्रभु साह निर्वाचित भएका छन् । नेकपा (एमाले)

महेश बस्नेतले देखाएर उच्च राजनीतिक संस्कार दुर्लभ थापाको निवासमै गएर दिए बधाई

८ मंसिर,भक्तपुर । नेकपा (एमाले) पोलिटब्युरो सदस्य,पुर्व मन्त्री तथा निवर्तमान सांसद महेश बस्नेतले उच्च राजनीतिक

३४,१७० मतको भारी मतान्तरले चितवन क्षेत्र नं २ बाट रवि लामिछाने विजयी

८ मंसिर,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य

देव गुरुङलाई पराजित गर्दै लमजुङबाट पृथ्वीसुब्बा गुरुङ निर्वाचित

४ मंसिर,काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङलाई पराजित गर्दै लमजुङबाट नेकपा (एमाले)