April 15, 2020

सानको साधन बन्यो लकडाउनमा सवारी पास

कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि लागू भएको लकडाउनको उल्लंघन गर्ने र पासको दुरुपयोग हुने क्रम बढेको छ । अनावश्यक व्यक्तिहरुले विभिन्न बहानामा वा झुटा विवरण पेश गरेर पास लिने गरेको पाइएको छ । पासको दुरुपयोग भएपछि त्यसको नियन्त्रण कडाइ थालिएको छ । पास दिन र दिएको पासको दुरुपयोगबारे बुधबारदेखि कडाइका साथ अनुगमन शुरु भएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।

Police begin cracking down on people defying lockdown

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले पासको दुरुपयोग रोक्न पहिले लिएको पासलाई निरन्तरता दिँदै अब भने मृत्यु संस्कार, बिरामी र मलामीका लागि मात्रै पास दिने जानकारी दिए । बुधबार प्रशासनले विज्ञप्ति जारी गरी पास दुरुपयोग भएकाले नियन्त्रण गर्न लागिएको जनाएको छ ।

अघिल्लो हप्ता एक व्यक्तिले आफन्त बितेको भनेर पास लिएका थिए । उनले त्यो पासबाट यात्रु बोकेको पाइएपछि प्रहरीले पक्राउ गरेको थियो । सान देखाउनका लागि समेत पास लिने गरेको पाइएको प्रहरीले जनाएको छ । विभिन्न बहानामा यसरी पास लिने बढीरहेकाले अहिले सडकमा सवारी आवागमन समेत बाक्लिएको छ । सरकारले अत्यावश्यक कामका लागि मात्रै पास लिन अनुरोध गरेको छ ।

यसअघि दिइएको पहेँलो रङ्को पास भने कायमै राखिएको छ । केही दिनदेखि ई–पासको व्यवस्था गरिए पनि त्यसको समेत दुरुपयोग हुन थालेपछि रोक्न लागिएको हो । ‘घरमा बसेर जथाभावी सन्देश पठाएर पास माग्ने गरेको देखियो, सात हजार बढीको ई–सन्देश आइसकेको छ, त्यसलाई रोक्नुको विकल्प छैन, बहाना बनाएर पास लिने बढे’, प्रजिअ दाहालले भने।

प्रहरीले पास लिएर गुड्ने सवारी साधनले दुरुपयोग समेत भएको पाइएपछि अनुगमनमा समेत कडाइ थालेको छ । लकडाउन अबधिमा पास लिएरसमेत धेरै सङ्ख्यामा सवारी साधन गुड्ने गरेकाले ट्राफिक प्रहरीले त्यस्ता सवारीलाई कडाइ गर्न लागेको हो ।

सम्बन्धित व्यक्तिको अनुरोधमा निश्चित प्रयोजन र समायाबधिका लागि भनि तोकिएको पासलाई अर्कै प्रयोजन र जुनसुकै समयमा समेत प्रयोग गरेको पाइएकोले त्यस्ता सवारी साधनहरुलाई ट्राफिक प्रहरीले कडाइका साथ जाँच र कारबाही गने थालेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए। उनले भने, ‘अत्यावश्यक काम बाहेक अन्य समयमा घुमफिर गर्न, भेटघाट गर्न, अनावश्यक रुपमा बाहिर निस्किन तथा पास छ भनेर सान देखाउँदै हिड्ने गरेको भेटियो, अब त्यस्ता सवारी साधनलाई ट्राफिक प्रहरीले निगरानी गर्नेछ ।’

प्रहरीका अनुसार उपत्यकामा अहिलेसम्म लकडाउन उल्लङ्घन गर्ने आठ हजार ९ सय ७४ सवारी साधन होल्ड तथा १ हजार ८ सय ४६ वटा पासको दुरुपयोग गरी गुडेको सवारी साधनको पासलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । लकडाउनको समयमा २१ जना मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई पनि कारबाही गरिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बताउनुभयो । यसरी दुरुपयोग गरेको पाइएमा भने लकडाउन अवधिभर नै सवारी साधन राखिने जनाइएको छ ।

ट्राफिक प्रहरी महाशाखाले उपत्यकमा दिनमा १ सय ५५ स्थान र रातमा ४५ स्थानमा चेक प्वाइन्ट राखी जाँचको व्यवस्था मिलाएको छ भने अन्य स्थानहरुमा संयुक्त जाँच हुने गरेको छ । जाँचको क्रममा ट्राफिक प्रहरीले पास भए नभएको अलावा पासको प्रयोग, अनुमति प्राप्त व्यक्ति भए नभएको सोधपुछसमेत गर्नेछ ।

कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारले चैत ११ गतेदेखि लकडाउनको आदेश जारी गरेको थियो । सरकारले लकडाउनलाई थपेर वैशाख १५ गतेसम्म जारी गर्ने निर्णय गरिसकेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ बाट नेपालमा १६ जना सङ्क्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको