साडीमा सजिएर गइन् रञ्जु विद्यासुन्दरको सपथमा

timthumb-82१७ जेठ , काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा तेस्रो बढी मत ल्याएकी रञ्जु दर्शना बुधबार पहिलोपटक साडी र ब्लाउज लगाएर सार्वजनिक कार्यक्रममा देखा परिन्। यो नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्य र उनका टिमको सपथग्रहण समारोहको दृश्य हो। 

राष्ट्रिय सभागृहमा आयोजित उक्त समारोहमा सुनौलो बुट्टेदार नीलो रङको साडी र नीलै रङको ब्लाउजमा उपस्थित रञ्जु निकै खुलेकी थिइन्। उनको निधारमा नीलै रङको मसिनो टीका पनि थियो।

घाँटीमा चाँदी रङको मसिनो सिक्री लगाएकी रञ्जु आफ्नो चिरपरिचत छोटो कपालमा थिइन्। उनले काँधमा नेपाली ढाकाको झोला भिरेकी थिइन् भने हातमा मोबाइल थियो। विवेकशील नेपाली दलबाट २१ वर्षकै उमेरमा काठमाडौं मेयरमा उम्मेदवारी दिएकी रञ्जु यस्तो औपचारिक पोसाक लगाएर सार्वजनिक समारोहमा पहिले कहिल्यै देखिएकी थिइनन्।

विगतमा जतिबेला उनी डा. गोविन्द केसीको सत्याग्रह आन्दोलनमा ऐक्यबद्धता जनाउँदै भ्रष्टाचारविरुद्ध सडकमा नारा लगाउँथिन्, उनले प्रायः कालो वा सेतो टिसर्ट र कालो वा नीलो रङको जिन्स प्यान्ट लगाएकी हुन्थिन्। त्यतिबेला त अझ उनको कपाल अहिलेको भन्दा छोटो थियो। अनौपचारिक ढंगमा सडकमा ओर्लेर सयौं प्रदर्शनकारीलाई नेतृत्व गरेकी रञ्जु त्यही घटनाबाट चर्चामा आएकी हुन्।

काठमाडौं मेयरको उम्मेदवारी घोषणापछि भने उनको लवाइ हल्का परिवर्तन भयो। उनले टिसर्ट र प्यान्ट लगाएर सार्वजनिक कार्यक्रममा उपस्थित हुन बन्द गरिन्। चुनावी सभामा सम्बोधन गर्न जाँदा होस् वा घरदैलोमा हिँड्दा, उनी आफ्नो परिचित अनौपचारिक पहिरनबाट कुर्ता सुरुवालमा देखा पर्न थालिन्। यतिबेलासम्म उनले आफ्नो कपाल पनि हल्का बढाइसकेकी थिइन्।

मेयरको मतगणना क्रममा लगातार तेस्रो स्थानमा रहेर धेरैलाई छक्क पारेकी रञ्जुले आफू पराजित भए पनि एमालेका निर्वाचित मेयर शाक्यलाई सार्वजनिक रूपमै बधाइ दिएर सौहार्दता देखाएकी थिइन्। यति कम उमेरमै यति ठूलो स्तरको निर्वाचनमा होमिएकी उनको लवाइ सँगसँगै प्रस्तुति र शैली पनि परिपक्व हुँदै गएको भान हुन्छ।

काठमाडौं मेयर निर्वाचनमा रञ्जुले २२५४९ मत ल्याएकी थिइन्। दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका राजुराज जोशीको मत ४८१९८ थियो भने एमालेका शाक्य ६८९६१ मत ल्याएर विजयी भएका हुन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको