१४ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजिनामा दिएपछि राष्ट्रपतिले सहमतिको सरकार गठन गरेको तीन दिनपछि एमाले अध्यक्ष केपी ओलीले प्रचण्डकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने प्रस्ताव राखेका छन् । सरकारले सहमतिको लागि पहल नगरिरहेको बेला एमालेले पुनः प्रचण्डकै नेतृत्वमा सहमतिको सरकार गठन गरेर संविधान कार्यान्वयन गर्नुपर्ने बताएका हुन् ।
प्रमुख तीन दलको बीचमा सहमतिको सरकार गठन गर्नको लागि छलफल हुन सकेको छैन् । एमालेले सहमतिको लागि सरकारले कुनै चासो नदिएको बताएको छ । सत्तारुढ दल कांग्रेस र नेकपा माओवादीबीच कांग्रेस सभापति शेरबहादुर देउवालाई अबको प्रधानमन्त्री बनाउने सहमति भइसकेको छ ।
सरकारले चार दिनको अवधिमा अन्तिम दिन मात्र संसदमा रहेका दलहरुको बीचमा सहमतिको सरकारको लागि बैठक गर्ने तयारी गरेको छ । एमालेले जेठ ३१ को निर्वाचन अघि प्रधानमन्त्री प्रचण्डलाई सरकारबाट राजिनामा नदिन दबाब दिएको थियो । तर प्रचण्डले सहमति र इमानको राजनीतिलाई अगाडि बढाउने भन्दै राजिनमा दिएका छन् ।
एमालेले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग पनि सहमतिको सरकार गठन भित्री रुपमा गृहकार्य थालेका छ । एमालेले देउवालाई प्रधानमन्त्री बन्नबाट रोक्नको लागि प्रचण्डलाई पुनः प्रधानमन्त्री बनाउने प्रस्ताव राखेको छ । शनिवार बसेको तीन दलको बैठकमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने ओलीको प्रस्तावलाई कांग्रेस सभापति देउवाले डाठै अस्वीकार गरेका थिए ।
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको