काठमाडौँ, ९ कात्तिक । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रतक्ष्यतर्फको मतपत्र ३ सय ३० प्रकारको हुने भएको छ ।
निर्वाचन आयोगले निर्वाचन क्षेत्रअनुसार प्रतक्ष्य निर्वाचनतर्फको मतपत्र डिजाइन गरेको हो ।
संविधानवमोजिम प्रतिनिधिसभाको निर्वाचन क्षेत्र १ सय ६५ कायम गरिएको छ भने, प्रदेशसभाका लागि ३ सय ३० कायम गरिएको छ ।
प्रनितिधिसभा र प्रदेशसभाको पहिलो हुने निर्वाचन प्रणालीतर्फको मतपत्र एउटै पानमा डिजाइन गरिएको आगोगका प्रवक्ता नवराज ढकालले बताए ।
एउटै पानामा माथिल्लो खण्ड प्रतिनिधिसभा र तल्लो खण्ड प्रदेशसभाको गरी मतपत्र डिजाइन गरिएको हो ।
यता निर्वाचन आयोगले प्रनितिधिसभा र प्रदेशसभाको प्रतक्ष्यतर्फको मतपत्र छुट्टाछुट्टै छाप्नुपर्ने बाध्यकारी व्यवस्था गरे पनि निर्वाचन आयोगले भने समय अभाव र करोडभन्दा बतपत्र छापिसकेका कारण अदालतको आदेश कार्यान्वयन गर्न नसक्ने बताएको छ ।
सर्वोच्चको उच्च बाध्यकारी आदेश आएपछि मंसीर १० गतेको निर्वाचन प्रभावित हुने आशंका गरिएको छ । नेपाल समाचारपत्रमा खबर छ ।
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको