सरकार र डाक्टर केसीका प्रतिनिधिबीचको वार्ता निश्कर्षबिहीन

१३ साउन, काठमाडौं । सरकारी प्रतिनिधि र अनसनरत चिकित्सक गोविन्द केसीका प्रतिनिधिबीच आज वार्ता भएको छ ।

Dr.-Govinda-KC-Ansan

 

वार्तामा डाक्टर केसीका मागबारे प्रारम्भिक छलफलमात्र भएको छ । वार्तामा सहभागी डाक्टर केसीका प्रतिनिधि वाइपी सिंहका अनुसार शनिबार पुनः वार्ता गर्ने सहमति भएको तर समय टुंगो लागेको छैन ।

उनले अनलाइनखवरसँग भने, ‘आज हामीले माग प्रस्तुत गर्‍यौं, मागबारे भोलि गृहकार्य गरेर पुनः छलफल हुने कुरा छ ।’

चिकित्सा सेवामा सुधारको माग गर्दै शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक गोविन्द केसी ५ दिनदेखि आमरण अनसनमा छन् । उनी आमरण अनसन बसेको यो ११औं पटक हो ।

 

photo

NOC1-250x300