सरकार गठन गर्न राष्ट्रपति निवासमा सर्वदलीय बैठक

KP-oli-Prachanda-Shre-br-deuwa

१७ जेठ, काठमाडौं । राष्ट्रिय सहमतिको सरकार गठन गर्नको लागि राष्ट्रपति भवन शितलनिवासमा सर्वदलीय बैठक जारी छ । प्रधानमन्त्री प्रचण्डले राजिनामा दिएपछि राष्ट्रिपति विद्यादेवी भण्डारीले सहमतिको सरकार गठन गर्नको लागि सात दिनको समय सकिनै लाग्दा आज दलहरुको बीचमा छलफल भएको छ ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, राप्रपाका अध्यक्ष कमल थापा, राजपाका शीर्ष नेताहरु सहभागी छन् ।

राष्ट्रपतिले दिएको समयसीमा आज सकिदैछ । सर्वदलीय बैठक बस्नु अघि राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डले भेटवार्ता गरेका थिए । सात दिनको अवधिमा सहमतिको सरकार गठन गर्नको लागि कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको सर्वदलिय बैठक एमालेले बहिष्कार गरेको थियो।

 

 

photo

NOC1-250x300