१ भदौ, काठमाडौं – बाढी पीडितलाई तत्काल राहत, शुद्ध पानी र अस्थायी बसोबासलगायतको सुविधा उपलव्ध गराउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा आज बसेको व्यबस्थापिका संसद अन्तर्गतको अर्थ समिति बैठकले प्रभावित क्षेत्रमा महामारीको जोखिम बढ्दै गएको भन्दै संक्रामक रोग फैलन नदिन औषधिसहित चिकित्सकलाई पठाउन निर्देशन दिएको समेत दिएको छ ।
बैठकले विपद् व्यवस्थापनमा सरकारले प्रभावकारी काम गर्न नसकेको ठहर गरेको छ । त्यस्तै समितिले बाढी प्रभावित क्षेत्रमा तत्काल पीडितको सुरक्षा र आवासको व्यवस्था गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको सभापति प्रकाश ज्वालाले जानकारी दिए ।
समितिले बाढि, पहिरो र डुबानबाट मृत्यु भएकाका परिवारलाई ५ लाखका दरले क्षतिपूर्ति उपलब्ध गराउन पनि सरकारलाई निर्देशन दिएको छ ।
बैठकमा समिति सदस्यहरुले प्राकृतिक प्रकोपबाट भविष्यमा हुन सक्ने जोखिमलाई न्युनिकरण गर्ने ठोस कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराएका थिए ।
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको