April 13, 2017

सबै कम्युनिस्टलाई एक बनाउछु : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी क्रान्तिकारीसहित सबै कम्युनिस्टलाई एकताबद्ध बनाउने दृढता व्यक्त गर्नुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादी केन्द्र र वाम नेता टङ्क राई नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच एकीकरण घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सबै क्रान्तिकारी कम्युनिस्टहरुलाई एकतामा ल्याउन आफ्नो सकारात्म्क पहल जारी रहेको बताउनुभयो । मानव मुक्ति र स्वतन्त्रता प्राप्तिका लागि कम्युनिस्ट दर्शन विश्वमै सबैभन्दा वैज्ञानिक र पछिल्लो विकसित दर्शन भएको चर्चा गर्दै उहाँले सबै कम्युनिस्ट क्रान्तिकारी मिलेर क्रान्तिलाई पूर्णता दिनुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।

प्रधानमन्त्रीले संविधानको घोषणापछि मुलुकमा पहिलो पटक स्थानीय तहको निर्वाचन हुन लागेको र यो निर्वाचनले परिवर्तनपछि ऐतिहासिकरुपमै सिंहदरबारको अधिकार गाउँमै पु¥याउने बताउनुभयो । निर्वाचन हुन नदिने, बिथोल्ने वा असफल पार्न षडयन्त्र गरिरहेका तत्वका विरुद्ध परिवर्तनकारीलाई एकताबद्ध हुन आग्रह गर्दै उहाँले आगामी वैशाख ३१ गतेको निर्वाचनलाई उत्साहका रुपमा सफल पार्न पार्टी कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

उहाँले माओवादी क्रान्तिकारी खासगरी कम्युनिस्ट क्रान्तिकारीलाई विभिन्न ठाउँमा भौँतारिन छाडेर एकीकृत पार्टी निर्माणमा सहभागी बन्न आग्रह गर्दै पार्टी एकता प्रक्रिया जारी रहने बताउनुभयो । राईको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीका नेता अम्बेर राई, रामहरि कार्की, परशु कार्की, वाङ्छु लामा, राजकुमार खत्री, पवित्रा जेम्जोङ, यमु गैरे, रामकुमार चौधरी, धनकाजी राईसहितका केन्द्रीय नेताहरु तथा विभिन्न जन वर्गीय सङ्गठन तथा जिल्ला समिति माओवादी केन्द्रसँग एकीकृत भएका छन् ।

एकतापछि नेता राईले अवसरवादलाई परास्त गर्दै क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउन आफू एकता प्रक्रियामा समाहित भएको बताउनुभयो । राईलाई नेकपा (माओवादी केन्द्र)मा समाहित गर्न नेता अमिक शेरचनको नेतृत्वमा गोपाल किराती, अग्नि सापकोटा, पूर्णाकुमारी सुवेदीलगायत वार्ता समिति गठन गरिएको थियो ।

राईलाई पार्टी हेडक्वार्टर सदस्यको जिम्मेवारी दिइनेछ भने नेताहरु रामहरि कार्की र अम्बेर राईले पोलिटब्यूरो सदस्यको जिम्मेवारी पाउनेछन् । विगत चार दशकभन्दा बढी समयदेखि नेपाल कम्युनिस्ट आन्दोलनमा सक्रिय राई खोटाङबाट ०४८ र ०५१ सालमा नेकपा (एमाले)का तर्फबाट प्रतिनिधिसभाको सदस्यमा निर्वाचित हुनुभएको थियो । राईसँगको एकताले पूर्वी नेपालका खोटाङ, ओखलढुङ्गा र भोजपुरमा (माओवादी केन्द्र)को स्थिति मजबुद बनेको नेता शेरचनले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद सदस्यमा सिफारिस

२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्