people Nepal » संसारकै खुसी देश नर्वे, नेपालले भारतलाई उछिन्यो संसारकै खुसी देश नर्वे, नेपालले भारतलाई उछिन्यो – people Nepal

संसारकै खुसी देश नर्वे, नेपालले भारतलाई उछिन्यो

timthumb-48नर्वे संसार कै खुशी देश घोषित भएको छ। विश्व खुशी दिवसको अवसरमा संयुक्त राष्ट्र संघको सहयोगमा स्वतन्त्र विज्ञहरुले तयार गरेको विश्व खुशी रिपोर्ट(२०१७ अनुसार अघिल्लो वर्ष चौथो स्थानमा रहेको नर्वेले स्कान्दिनेभियन राष्ट्रहरू डेनमार्क,आइसल्याण्ड र स्वीजरल्याण्डलाई पछि पार्दै पहिलो खुशी राष्ट्र हुन् सफल भएको हो।

सामाजिक विकास र सार्वजनिक सुरक्षालाई मुख्य आधार बनाएर विश्वका १ सय ५५ राष्ट्रको स्वतन्त्रता, इमान्दारिता ,स्वास्थ्य स्थिति, उदारता, सु(शासन र आम्दानीको विश्लेषणको आधारमा तयार पारिएको सो रिपोर्टका अनुसार नेपाल ९९ औं स्थानमा रहेको छ।

सो रिपोर्टका अनुसार अमेरिका १४ औं स्थानमा छ भने नेपालले भारतलाई उछिनेको छ।