संगीत महोत्सवका लागि पाइप लाइनबाटै रक्सी आपूर्ति !

bear-768x431

उत्तरी जर्मनीमा आगामी अगष्टमा सुरु हुने एक भव्य सांगितिक महोत्सव वाकेन ओपन एयर हार्ड रक फेस्टिबलका लागि भूमिगत मदिरा पाइप लाइन बिछाइएको छ ।

 

यो चार माइल लामो पाइपलाइन संजालको एक भाग रहेको र यसले महोत्सवलाई वातावरणमैत्री बनाउने आयोजकहरुको भनाई छ ।

१४ इन्च व्यासको उक्त पाइपलाइनबाट हरेक सेकेण्डमा एक गिलास बियर भरिनेछ ।

वाकन ओपन एयर फेस्टिबल विश्वकै सबैभन्दा ठूलो रक संगीतको महोत्सव हो । जर्मनीको ह्याम्बर्गभन्दा ८० किलोमिटर उत्तर पश्चिममा पर्ने वाकेन गाउँमा वर्षेनी यो महोत्सव हुने गर्दछ । उक्त गाउँमा १८५० जनसंख्या रहेको छ । सन् १९९० देखि हेभी मेटल भनिने विशेष खाले रक संगीतको यो महोत्सवको आयोजना हुँदै आएको छ ।

यो रक संगीत महोत्सवमा चर्चित ब्याण्डहरुले सहभागिता जनाउने गर्दछन् । तिन दिनसम्म हुने महोत्सवमा झण्डै डेढसय ब्याण्डले संगीत पस्किन्छन् ।

उक्त महोत्सवमा ७५ हजार जना सहभागी हुने गरेका छन् । जहाँ हरेक सहभागीले औषतमा महोत्सव अवधिभर ५.१ लिटर बियर पिउँदछन् ।

ठूलो परिमाणमा बियर खपत हुने भएकाले बियरको आपूर्ति सहज बनाउन पाइप लाइनबाटै बियर आपूर्ति गर्ने निर्णय भएको हो । यो बढि दिगो तथा मूल्य प्रभावी हुने आयोजकको भनाई छ । पाइप लाइनबाट बियर आउने भएपछि बियर लादिएका ट्रकका लाइन महोत्सव स्थलमा देखिने छैनन् ।

बियर आपूर्तिका साथै पानीको आपूर्ति र फोहोरमैला निस्कासनका लागि समेत छुट्टै पाइपलाइनको व्यवस्था गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको