भक्तपुर – श्रीमतीकै सहयोगमा बालिका बलात्कार गर्ने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । अनन्तलिङ्गेश्वर नगरपालिका–७ का ४० वर्षे राजकृष्ण कायस्थले १४ बर्षिया बालिकालाई बलात्कार गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।
श्रीमानलाई बलात्कार गर्न प्रेरित गर्ने श्रीमती राधाजंगमललाई समेत प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी वृत्त ठिमीका प्रहरी नायबउपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिएका छन् ।
गतमंसिर २१ गते राति ७ बजे राजकृष्णकी श्रीमती राधाले बालिकालाई बाटोबाट फकाई आफ्नो घरमा ल्याएर श्रीमानको जिम्मा लगाई आफू बाहिर निस्किएको प्रहरी अनुसन्धानबाट खुलेको छ । कायस्थले श्रीमती राधालाई छिमेकी बालिका बोलाउन पठाएको र श्रीमतीले बाटोमा भेटिएकी पीडित बालिकालाई २० रुपैयाँ दिएर फकाएर घर ल्याई श्रीमानको जिम्मा लगाएको पीडितपक्षको आरोप छ ।
बालिका बलात्कारपछि श्रीमती राधाले २ सय रुपैयाँ दिएर परिवार र गाउँमा हल्ला नगर्न भन्दै पटक–पटक धम्कीदिएको पीडित बालिकाले प्रहरी समक्ष बताएको प्रहरी नायब उपरिक्षक ओलीयाले बताए । ढोकाको चुकुल लगाई श्रीमानलाई बालिका बलात्कार गर्न सहयोग गरेको भन्दै पीडित परिवारले उजुरी दिएपछि प्रहरीले शनिबार दुबै जनालाई प्रक्राउ गरेको हो । पक्राउ परेका दुबैजनालाई आइतबार जबरजस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास