शिक्षणमा तालीमको महत्व

हेमराज दाहालtalim

अपेक्षित लक्ष्य तथा उद्देश्य हासिल गर्न सिकाइने विभिन्न क्रियाकलापलाई तालीम भनिन्छ । संसार परिवर्तनशील छ । विज्ञान र प्रविधिमा भएको तीव्र विकास र विस्तारले समाजका सम्पूर्ण क्षेत्र प्रभावित छन् । समयानुकूल परिवर्तन हुन र संसारका हरेक गतिविधिमा आफ्नो सक्रिय सहभागिता राख्न आवश्यक पर्ने सिकाइलाई नै यथार्थमा तालीम भन्ने गरिन्छ । तालीमले पेशागत कुशलता हासिल गर्न सघाउ पु¥याउँछ । वर्तमान परिस्थितिमा तालीमको महत्व झनै बढ्दै गइरहेको छ । अब परम्परागत सोच र चिन्तनले हाम्रो दैनिकी अगाडि बढ्न सक्दैन । मानिसका आवश्यकता र चाहनाहरू पनि बढ्दै गएका छन् भने समाज पनि जटिलतातर्पm उन्मुख भइरहेको छ । यो बदलिँदो परिदृश्यलाई व्यवस्थापन गर्न पनि तालीमको महत्व र आवश्यकता अत्यन्तै बढ्दै गएको छ । मानिसले गर्ने हरेक काम, पेशा वा व्यवसायमा तालीमको महत्व उत्तिकै छ ।
शिक्षा, व्यापार, उद्योग आदि हरेक क्षेत्रमा तालीमको आवश्यकता रहेको विषयमा सबै सरोकारवालाहरूले वकालत गर्दै आइरहेका छन् । अझ भन्ने हो भने शिक्षणमा त झन् तालीमको महत्व दिनानुदिन बढ्दो छ, किनकि शिक्षणको वैज्ञानिक आधार भनेको नै तालीम हो । शिक्षण विज्ञान र कला दुवै हो । विज्ञान जान्नुसँग सम्बन्धित छ भने कला गराइसँग सम्बन्धित छ । विज्ञानले खोजी र व्याख्या गरेका ज्ञानलाई कक्षाकोठामा कार्यान्वयन गर्ने कार्य कलाले गर्दछ, जुन कला शिक्षक तालीमको माध्यमबाट प्राप्त गर्न सकिन्छ ।

शिक्षक तालीमले शिक्षणको वैज्ञानिक आधारस्तम्भ खडा गरिदिन्छ भने शिक्षणका क्रममा अभ्यस्त धारणा, पहिचानमा नवीनता र परिस्कृत गराउन महŒवपूर्ण भूमिका निर्वाह गर्ने देखिन्छ । शिक्षकलाई विषयवस्तुको ज्ञानका साथै शिक्षण विधि, सामग्रीको छनोट, सिकाइको उद्देश्य, सिकाइको उपलब्धि, शैक्षिक क्रियाकलाप, मूल्याङ्कनजस्ता पक्षबारे पनि जानकारी आवश्यक हुन्छ । यस कार्यका लागि शिक्षक तालीम आवश्यक र अपरिहार्य छ । समय–परिस्थितिअनुरूप ज्ञान, सीप र अनुभवहरू समेत समयसापेक्ष बनाउनु आवश्यक छ । शिक्षकले सधैँ समसामयिक हुन पनि उत्तिकै जरुरी छ, किनकि एकपटक सिकेको कुरा सधैँका लागि हुन्छ भन्ने छैन भन्ने कुरा मन–मस्तिष्कमा राख्नु एक कुशल र दक्ष शिक्षकको पहिचान र चिनारी दुवै हो । विद्यालय व्यवस्थापन, शिक्षकका कार्यहरू, विद्यार्थीहरूसँगको व्यवहार, सामाजिक दायिŒव, राष्ट्रिय आवश्यकता आदिका बारेमा जानकारी राख्नु अर्को महत्व्पूर्ण पक्ष हो ।
विद्यालयका सीमित स्रोत–सामग्री, स्रोतव्यक्ति, शैक्षिक सामग्रीको निर्माण, प्रयोग, छनोट र महत्व्वबारे जानकारी पाउनु अधिकार र कर्तव्यजस्तै एक–अर्काका परिपूरक हुन् । तालीमद्वारा व्यक्तिको चालचलन, व्यवहार, आचरणमा सुधार ल्याउन पनि सकिन्छ भने कतिपय खराब व्यवहार वा बानी–व्यहोरालाई जरैबाट निमिट्यान्न पार्न पनि समन्वयात्मक भूमिका निर्वाह गर्दछ । साना नानीलाई सही ढङ्गले खान–लाउन, दिसापिसाब गर्नदेखि घरपालुवा जनावरलाई अाफुले चाहेको जस्तो व्यवहार सिकाउन पनि तालीमको आवश्यकता हुन्छ । तालीम एउटा सिकाइ प्रक्रिया हो जो समयसापेक्ष सुधार हुँदै आएको छ ।

तसर्थ शिक्षण सिकाइ कार्यलाई सरल, रोचक, अर्थपूर्ण र सिलसिलाबद्ध बनाउन शिक्षकलाई समयसापेक्ष तालीमको व्यवस्था गर्नुपर्दछ । शिक्षक बन्न चाहनेलाई पूर्व सेवाकालीन तालीम, सेवाकालीन तालीम र विषयलाई समसामयिक बनाउन पुनर्ताजगी तालीम गरी तीन प्रकारका तालीमहरूको अपरिहार्यता रहेको जगजाहेर नै छ । विश्वका धेरै देशमा शिक्षाको गुणस्तर तीव्र गतिमा खस्किँदै गइरहेको छ र त्यसको मुख्य कारण तालीम नलिएका सिकारु शिक्षक हुन् भन्ने निष्कर्ष युनेस्कोले निकालेको छ ।
‘सबैका लागि शिक्षा’ अभियानको विश्वव्यापी अनुगमन प्रतिवेदनका अनुसार सन् २०१५ सम्ममा सबैलाई प्राथमिक शिक्षा उपलब्ध गराउने लक्ष्य प्राप्त गर्न मात्रै पनि विश्वका ९५ वटा विकासशील राष्ट्रले थप ४० लाख तालीम प्राप्त शिक्षक उत्पादन र भर्ती गर्ने कुरामा गम्भीरतापूर्वक ध्यान दिनुपर्छ । यसो गर्न नसकिए आगामी वर्षहरूमा शिक्षकको अभावका कारण करोडौँ बालबालिका विद्यालय शिक्षाबाट वञ्चित हुने सम्भावनातर्पm पनि प्रतिवेदनले सरकारहरूको ध्यानाकर्षण गराएको छ । तर शिक्षकहरूले तालीममा एकचोटि आफ्नो सक्रिय सहभागिता देखाउनेबित्तिकै आकाशको तारा खस्छ वा शिक्षणका विविध आयामहरूमा पोख्त भइहालिन्छ भन्ने होइन । यो त निरन्तरता र तीव्र इच्छाशक्तिको उपज हो, किनकि सिकाइ भन्ने कुरा रातारात फाइदा प्राप्त गर्न सकिने व्यापारजस्तो होइन । शिक्षकले तालीममा के सिक्ने, कसरी सिक्ने, सिकेको कुरा व्यावहारिक छ वा छैन भन्ने विविध पक्षहरूलाई नजिकबाट नियाल्नु जरुरी छ । यसका साथै शिक्षकहरूको पेशागत जिम्मेवारी, शैक्षिक योग्यता, कार्यानुभव, अभ्यास, व्यक्तिगत रुचि र त्यसको बारम्बार अभ्यासजस्ता विषयवस्तुले पनि प्रभाव पार्छन् । शिक्षकले तालीममा सिकेका कुरा कति मात्रामा वा कुन हदसम्म कक्षाकोठामा पुगिरहेका छन् भन्ने विषय अत्यन्तै महŒवपूर्ण हुन आउँछ । सिकाइबाट प्राप्त सीप र ज्ञान अपेक्षाअनुरूप विद्यार्थीमाझ पुगेका छन् वा छै्रनन् भन्ने प्रश्नको लेखाजोखा गरी प्रभावकारी कार्यान्वयनमा सम्पूर्ण पक्ष, शिक्षक, प्रशिक्षक, विद्यालय प्रशासन, अभिभावक तथा सम्पूर्ण सरोकारवालाहरूले यसबारेमा पनि छलफल, व्याख्या, विश्लेषण र अन्तत्र्रिmया गर्नुपर्छ । त्यसैले बन्दकोठामा लिएका तालीमको केही महŒव छैन । त्यसको महŒव त त्यतिखेर हुन्छ, जब प्रयोगात्मक रूपमा प्रशिक्षकले कक्षाकोठाभित्र रोल मोडलको रूपमा पर्दामा उतारिदिन्छन् । भनाइ र गराइबीच रात र दिनको भैmँ किन अन्तर छ ? सिद्धान्तका कुरा गर्न अति नै मिठो हुन्छ र त्यही कुरालाई व्यवहारमा प्रयोग गर्न उत्ति नै कठिन र जटिल पनि हुन्छ । त्यसैले व्यावहारिक र प्रयोगात्मक पक्षलाई महŒव दिँदै तालीमको प्रभावकारिता बढाउन सकिन्छ ।
यसका साथै तालीम लिने व्यक्तिले पनि समय र वातावरणअनुसार समायोजित हुन सक्नुपर्छ । तालीममा सिकेका कुरामात्र कक्षाकोठामा लैजाने जमर्को गर्नु मूर्खताबाहेक केही होइन । प्राप्त ज्ञानलाई आवश्यकताअनुसार थपघट, परिमार्जन र परिष्कार गरी कक्षाकोठामा लागू गर्नुपर्छ । त्यसका लागि शिक्षकमा गतिशीलता, कार्यकुशलता, सिर्जनात्मकता, नवीन चिन्तन र मनन गर्न जरुरी देखिन्छ । अनि विद्यालय प्रशासनले पनि शिक्षक तालीमलाई अनिवार्य शर्तका रूपमा अङ्गीकार गरेको हुनुपर्छ । अहिले पनि नेपालका धेरैजसो निजी विद्यालयका संस्थापकहरूले शिक्षक तालीमलाई खासै महŒव दिएको पाइँदैन जसको फलस्वरूप विद्यार्थीले सिक्नुपर्ने अपेक्षित उद्देश्यहरू हासिल गर्न असमर्थ हुन्छन् भने अर्कोतर्पm शिक्षकहरूले विद्यार्थीको व्यक्तिगत विभिन्नता पहिचान, मनोवैज्ञानिक क्षणको पहिचान, विद्यार्थीको संज्ञानात्मक सक्षमता, स्वव्यवस्थापनका रणनीतिहरू अवलम्बन गर्न नसकी सहज रूपमा शिक्षण गर्न अप्ठ्यारो मात्र पर्दैन, विद्यार्थीको भविष्य अन्धकारमय हुन पुग्छ । अझ सामुदायिक विद्यालयमा त शिक्षक तालीमलाई भत्ता पकाउने भाँडोको रूपमा लिइँदै आएको स्पष्ट छ । त्यसैले शिक्षक तालीमलाई शिक्षणको अनिवार्य पूर्व शर्तको रूपमा कार्यान्वयन गरिनुपर्छ । तालीम नपाएका शिक्षकलाई शिक्षणमा रोक लगाउनुपर्छ अनिमात्र हुन्छ शिक्षणमा प्रभावकारिता । अनिमात्र शिक्षा प्रणालीमा सुधार हुन्छ । शिक्षा ऐनमा परिमार्जनको माग गरेर स्वर सुकाउनुभन्दा कक्षाकोठालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयलाई सरोकारको विषय बनाउने हो भने अवश्य पनि नेपालको शिक्षाले कोल्टे फेर्छ ।
शिक्षक तालीमको पक्षमा वकालत गर्ने शिक्षाशास्त्री सिल्वरम्यानले भनेको कुरालाई यहाँ राख्नु सान्दर्भिक ठानेको छु– ‘हामीलाई खुवाइएको घूस हो– तालीम, भत्ता । तालीम दिए पदोन्नति, तालीम भए लाइसेन्स, तालीम भए नोकरी– यी तीन घूसले गर्दा कहिले तालीम लियौँ स्वदेशीका लागि, कहिले विदेशीका लागि ।’ उनको भनाइलाई विश्लेषण गर्ने हो भने तालीमले पैसा दियो, ज्ञान दियो, चेतना दियो, क्षमता र अभिवृद्धि गरायो तर कक्षाकोठामा आउनुपर्ने परिवर्तनहरू आएनन् । आखिर किन चाहियो तालीम ? यो सब बालुवामा पानी मात्र भएन र ? वास्तवमा तालीम शिक्षकलाई मात्र हैन, विद्यालयका संस्थापकहरूलाई पनि दिनु नितान्त आवश्यक छ । कतिपय विद्यालयका संस्थापकहरूले तालीमको प्रभावकारिता नबुझेकै कारण शिक्षकलाई तालीम दिने विषयमा कञ्जुस्याइँ गरेको देखिन्छ । समग्रमा तालीमको महŒवलाई निम्नानुसार उल्लेख गरिन्छ ः
(१) प्रभावकारी शिक्षणका लागि, (२) सिकाइका लक्ष्य तथा उद्देश्य पूरा गर्नका लागि, (३) असल शिक्षणका विशेषताको विकास गर्न, (४) शिक्षकका कार्यहरूबीच तालमेल मिलाउन, (५) शैक्षिक प्रविधिको प्रयोग गर्न, (६) सिकाइ सिद्धान्तको प्रयोग गर्न, (७) शिक्षणका तह र स्तरको जानकारी दिन र (८) कठिन परिस्थितिमा पठनपाठन गर्न आदि ।
शिक्षणको लागि सधैँभरि एउटै र उस्तै अवस्था हुँदैन । कुनै बेला शिक्षकको न्यून उपस्थिति हुन सक्छ, कुनै बेला बढी । कुनै बेला घाम, पानी, वर्षा, हावा, हुरी, असिना आउन सक्छ, कुनै बेला भौतिक स्रोत र साधनको अभाव हुन सक्छ । कुनै बेला विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा के, कस्तो र कसरी शिक्षण पद्धति अवलम्बन गर्ने भन्ने कुराको आवश्यक निर्णय गर्न शिक्षक तालीम आवश्यक हुन्छ । भौतिक पक्ष शिक्षण, विद्यार्थीको घटबढमा आवश्यकताअनुसार विविध प्रकारका शिक्षण (जस्तैः कक्षा शिक्षण, विषय शिक्षण, बहुवर्ग शिक्षण आदि) को व्यवस्था मिलाउनु जरुरी हुन्छ । त्यसका लागि शिक्षक तालीम अति नै आवश्यक र महŒवपूर्ण हुन्छ । यसको सफल कार्यान्वयनका लागि नयाँ जोश, जाँगर र सिर्जनशीलताको आवश्यकता हामी सबै शिक्षक, प्रशिक्षक, विद्यार्थी, अभिभावक र सम्पूर्ण सरोकारवाला पक्षहरूको गहन जिम्मेवारी हुने गर्छ । हाम्रो सोच बदलौँ, कार्यशैली बदलौँ, रणनीति बदलौँ अनि मात्र सम्भव छ– शिक्षक तालीमको सफल कार्यान्वयन ।

 

 

photo

NOC1-250x300