व्वाइफ्रेन्ड चिसिएपछि उनकै अगाडि अपरिचितलाई किस

kissसार्वजनिक स्थानमा आफ्नी प्रेमिकाले गरेको किस अफरलाई उपेक्षा गर्नु एक अमेरिकी पुरुषका लागि आत्मघाती सावित भएको छ । प्रेमीको उपेक्षाबाट पीडित प्रेमिकाले अर्कै व्यक्तिलाई किस खाइदिएकी छिन् ।

गत बुधबार एटलान्टा हक्स र ब्रुकलिन नेट्सबीच भएको बास्केटबल खेलका क्रममा यस्तो दृक्ष्य देखिएको हो । खेलको बीचमा भएको ब्रेकमा उद्घोषकले स्टेडियममा उपस्थित जोडीहरुलाई एक-अर्कालाई अंगालोमा बेरेर किस आह्वान गरेका थिए । त्यसपछि सबै जोडीहरुले किस खान सुरु गरे । टिभी क्यामराले पनि किस खाने जोडीहरुलाई खोज्दै फोकस गर्न थाल्यो ।

 

 

यत्तिकैमा एउटा जोडी फोकस भयो, जहाँ प्रेमिकाले किस खानका निम्ति आग्रह गरिरहेकी थिइन् तर मस्त वियर पिइरहेका प्रेमी भने उनलाई बाल दिइरहेका थिएनन् । क्यामरा निकैबेर यो जोडीमा अडियो । यही क्रममा अचम्मको दृष्य देखियो ।

प्रेमीको उपेक्षाबाट मर्माहत भएकी प्रेमिका एकाएक अर्कापट्टि फर्किइन् र चुपचाप बसिरहेका एक पुरुषलाई च्याप्प समातेर किस खान थालिन् । पुरुष पनि किन पछि पर्थे । उनले पनि युवतीसितको किसमा मग्न भए ।

आफ्नै अगाडि प्रेमिकाले अर्कैलाई किस खाएपछि पुरुष क्रोधित बने । उनी वियर र प्रेमिकिालाई त्यहीँ छाडेर घरतिर लागे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अभिनय क्षेत्रबाट बिदा लिने तयारीमा बलिउड सुपरस्टार आमिर खान ।

२९ कार्तिक,काठमाडौं । बलिउड सुपरस्टार आमिर खान अभिनय क्षेत्रबाट बिदा हुने निर्णयमा पुगेका छन ।

नयाँ ट्याक्सीको दर्ता नखोल्दा जनता उदासीन

अनुसा थापा,भक्तपुर । यातायात कार्यालय, एकान्तकुनामा दैनिक दर्जनौं सर्वसाधारणहरु नयाँ ट्याक्सीको विषयमा सोधखोज गर्न धाइरहेका

श्रमजीवी पत्रकारलाई गलत्याउने हर्कत विरुद्ध राससमा धर्ना

२८ असोज,काठमाडौं । वर्षाैदेखि राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत २२ जना श्रमजीवि पत्रकारको रोजगारी

जांडको तालमा कार्यकर्ता गोद्ने काङ्ग्रेस इकाई सभापतिले पीडितसंग माफी मागे,प्रहरीले गरायो मिलापत्र

२८ असोज,सिन्धुपाल्चोक । दशैको नवमिको दिनमा जांडको तालमा आफ्नै कार्यकर्ता गोद्ने नेपाली काङ्ग्रेस मेलम्ची –

काङ्ग्रेस इकाई सभापतिको गुण्डागर्दी,जांडको तालमा आफ्नै कार्यकर्तालाई रामधुलाई

१८ असोज,सिन्धुपाल्चोक । नेपाली काङ्ग्रेस मेलम्ची-९ ज्यामिरेका इकाई सभापति भुपेन्द्र खड्काले आफ्नै स्थानीय कार्यकर्ता कमल

तौथलिमा दहि जात्रा, त्रिपूरासुन्दरीको पहिचान

२० असोज,सिन्धुपाल्चोक । सिन्धुपाल्चोक त्रिपूरासुन्दरी गाउँपालिकाको तौथलिमा ‘दहि जात्रा ‘ सम्पन्न भएको छ । होलीमा