वीरगन्ज – देशकै मुख्य भन्सार नाका वीरगन्जमा चालू आर्थिक वर्षको जेठ महिनामा राजस्व संकलनमा झन् अप्रत्यासित गिरावट आएको छ ।
आयातीत वस्तुमा खासै गिरावट नआए पनि वीरगन्ज भन्सार कार्यालयको राजस्व संकलनमा भने अप्रत्यासित गिरावट आएको हो ।
गत आर्थिक वर्षको कार्तिकबाट लक्ष्य नभेट्दै आएको वीरगन्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको जेठ महिनामा भने लक्ष्यको ४२ प्रतिशत पनि राजस्व संकलन गरेको छैन ।
जेठ महिनाका लागि राजस्व विभागले देशको प्रमुख भन्सार नाका वीरगन्जलाई १६ अर्ब ८८ करोड ८३ लाख १२ हजारको लक्ष्य दिएको छ । त्यसमा वीरगन्ज भन्सारले जम्मा ४१ दशमलव ७५ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । यो भनेको लक्ष्यको आधाभन्दा कम अर्थात ७ अर्ब ५ करोड ६३ लाख मात्र राजस्व संकलन भएको वीरगन्ज भन्सार कार्यालयले सूचना अधिकारी विमलप्रसाद साहले बताए । यो समाचार आजको राजधानी दैनिकमा तुलसी भण्डारीले लेखेका छन् ।
काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र
काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको
जेठ १,काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध
फागुन ५, काठमाडौं । प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ ।
काठमाडौं । पर्यटकीय राजधानी घोषणा भएको पोखरा महानगरको मेयर हुन् धनराज आचार्य । मेयर निर्वाचित
फागुन २,काठमाडौँ,। वैदेशिक रोजगार विभागले निःशुल्क कानुनी सहायता तथा सहजीकरणका लागि छुट्टै कक्षसहितको कानुनी सहायता अधिकृतको