विश्वभर साइबर हमला : कूटनीतिक नियोगमा आक्रमणको आशङ्का

Hack-Passwordकाठमाडौं, ३१ वैशाख । संसारभर करिब एक सय मुलुकमा शृङ्खलाबद्ध साइबर हमला भइरहँदा नेपाल पनि अछूतो रहेन। शनिबार विश्वभर साइबर हमला भइरहँदा नेपालको विदेशस्थित केही कूटनीतिक नियोगमा साइबर आक्रमण भएको आशङ गरिएको छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले दिएको जानकारीअनुसार औपचारिक रूपमा साइबर हमलाको पुष्टि भइनसकेको भए पनि नेपालको विदेशस्थित केही कूटनीतिक नियोगमा साइबर हमला भएको भन्ने आशङ्का रहेको छ।

“औपचारिक रूपमा अहिलेसम्म विदेशस्थित केही कूटनीतिक नियोगमा समस्या आएकाले साइबर हमला भएको हो कि भन्ने आशङ्का बढेको छ, ती कूटनीतिक नियोगहरूमा प्रयोग भएको लेखासम्बन्धी सफ्टवेयरमा समस्या देखिएको हो”, प्रवक्ता पौडेलले भने।

महालेखा नियन्त्रकको कार्यालयले सरकारी कार्यालय तथा विदेशस्थित नियोगहरूमा लेखा पद्धतिलाई एकरूरुपता बनाउने उद्देश्यले बनाएको लेखासम्बन्धी सफ्टवेयरमा समस्या आएको हो। विश्वभर साइबर हमला भएकै दिन विदेशस्थित नियोगहरूमा प्रयोग भएको उक्त सफ्टवेयरमा समेत समस्या आएकाले साइबर हमला भएको अनुमान गरिएको छ। हालसम्म सो विषयमा सम्बन्धित निकायले औपचारिक रूपमा साइबर हमला भएको नबताए पनि हमला भएको आशङ्का भने गरेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार अमेरिकी राष्ट्रिय सुरक्षा निकायले आतङ्ककारीविरुद्ध ह्याकिङ गर्न भनेर विकास गरेको कम्प्युटर प्रोग्रामकै प्रयोग गरेर पछिल्लो साइबर हमला भएको हो। “दर्जनौँ मुलुकका कयौँ कम्पनी तथा सङ्घसंस्थाका कम्प्युटरहरूले भाइरसका कारण काम गर्न छाडेका छन्। ह्याकरहरूले कम्प्युटरलाई पुनः काम गर्ने बनाउन तीन सय डलर मागेका छन्”, समाचारमा बीबीसीले उल्लेख गरेको छ।

यसरी साइबर आक्रमणमा पर्ने शीर्ष मुलुकहरूमा संयुक्त अधिराज्य, अमेरिका, चीन, रुस, स्पेन, इटली, ताइवान लगायतका ९९ वटा देश छन्। ‘रयानसमवेयर’ नामक भाइरसद्वारा विभिन्न देशका कम्प्युटर ह्याक गरिएको हो।

यसरी साइबर आक्रमणमा परेका लाखौँ कम्प्युटरले काम गर्नै छाडेका छन्। कम्प्युटर ह्याकरले साइबर आक्रमणमा परेका कम्प्युटरलाई पुनः काम गर्ने बनाउन तीन सय अमेरिकी डलर माग गरेको खबर छ।

साइबर सुरक्षाका अन्तर्राष्ट्रिय विज्ञका अनुसार माइक्रोसफ्ट सिस्टममा रहेको कमजोरीको फाइदा उठाएर ह्याकरले यस्तो आक्रमण गरेका हुन्। माइक्रोसफ्ट सिस्टममा रहेको कमजोरी अमेरिकी राष्ट्रिय सुरक्षा निकायले यसअघि नै पत्ता लगाएर आतङ्ककारीविरुद्ध ह्याकिङ गर्नका लागि प्रयोग गर्दै आएको बताइएको छ।

बीबीसीका अनुसार ‘रयानसमवेयर’ पीडितको उपकरणमा थाहा नपाई ‘इन्स्टल’ हुन्छ र विवरणहरू सङ्कलन गर्छ अनि निश्चित रकम नदिइन्जेलसम्म विवरणहरू चुहाइदिने धम्कीसहितको सूचना उपकरणमा आउँछ। ब्रिटेनस्थित अस्पतालहरू नराम्ररी प्रभावित भएका छन्।

स्पेनी टेलिकम कम्पनी टेलिफोनिका र अमेरिकास्थित ढुवानी कम्पनी फेडेक्स पनि प्रभावित छन्। साथै रुसमा पनि त्यहाँको आन्तरिक मामिला मन्त्रालयले कम्प्युटर भाइरसको पछिल्लो समस्यासँग जुध्न कदमहरू चाल्न लागेको जनाएको छ । गोरखापत्र दैनिकमा अजय शर्माले खबर लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

परराष्ट्रमन्त्री डा. आरजु राणाद्वारा जलवायु वित्त र दिगो कृषि प्रणालीमा अन्तर्राष्ट्रिय सहयोगको आग्रह

असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको सुधारमा प्रधानमन्त्री ओलीको जोड

सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्