April 21, 2020

लकडाउन र कोरोना त्रासका कारण बढ्दो मनोसामाजिक समस्या

विश्व महामारीका रुपमा रहेको कोरोना भाइरस (कोभिड १९) यतिबेला विश्वभर चिन्ताको बिषय भएको छ। नेपालमा पनि कोभिड १९ नियन्त्रण तथा रोकथामका लगि लकडाउन गरिएको एक महिना पूरा हुन लागेको छ।

लकडाउनका कारण यतिबेला सबैजसो मानिसलाई प्रभाव परेको छ। यसले गर्दा मानिसमा मनोसामाजिक समस्या बढ्दै गइरहेको विज्ञहरुले बताएका छन्।

लकडाउनका कारण घरमा बसेका र संक्रमणको आशंकामा क्वारेन्टाइनमा रहेकालाई यस्ता समस्याले गाँज्दै लगेको एक अध्ययनको निष्कर्ष छ। मनोसामाजिक क्षेत्रमा काम गर्दै आएको बहुसांस्कृतिक मनोसामाजिक संस्था (टीपीओ) नेपालको समन्वयमा चारजना अनुसन्धानकर्ताले १० दिन लगाएर गरेको अध्ययनमा यस्तो निष्कर्ष आएको हो।

मनोसामाजिक क्षेत्रमा काम गर्दै आएका रमेशप्रसाद अधिकारी, अमनसेन गुप्ता, राजन श्रेष्ठ र डाक्टर कमल गौतमको संयुक्त सहभागितामा गरिएको उक्त अध्ययनमा अनलाइनमार्फत नेपाल बाहिर र नेपालमा बस्नेहरु अध्ययनमा सहभागी भएका थिए।

मनोचिकित्सकका अनुसार कोभिड १९ संक्रमणको त्रासले मानिसमा जतिखेरै डर चिन्ता लाग्ने, भोक निद्रा नलाग्ने, मुटुको ढुकढुकी बढ्ने, बेचैनी र उदासीनता जस्ता मनोसामाजिक समस्या भइरहेको छ।

कोभिड नयाँ रोग भएकाले नेपालमा अहिले यसको मानसिक पाटोबारे कुनै अध्ययन भइसकेको छैन। तर, मनोचिकित्सकले बिरामी हेरेको आधारमा यसले मानसिक रोगका नयाँ बिरामी थपिने देखिन्छ।

बहुसांस्कृतिक मनोसामाजिक संस्था (टीपीओ नेपाल) ले नेपालमा लकडाउन भएपछि १५ सय सात जनामा सोसल मिडिया सर्वेक्षण (२०२०) गर्दा २० प्रतिशतमा सँधै जसो र ६३ प्रतिशतमा कहिलेकाँही बेचैनी, २४ प्रतिशतमा सँधै जसो र ६२ प्रतिशतमा कहिलेकाँही डर र २४ प्रतिशतमा सँधै जसो र ६० प्रतिशतमा अन्यौलता साथै २४ प्रतिशतमा सँधैजसो र ५८ प्रतिशतमा उदासीनता देखिएको छ।

उक्त सर्वेक्षणमा विद्यार्थी, व्यापारी, स्वास्थ्यकर्मी, जागिरे, कृषक र मजदुर सामेल भएका मध्ये विद्यार्थी र व्यापारी सबैभन्दा बढी (४७ प्रतिशत) मनोसामाजिक समस्याबाट ग्रसित भएको प्रतिवेदनमा उल्लेख छ।

टीपीओ नेपालकै हटलाइनमा पनि दिनहुँ कोभिड त्रासका कारण मनोसामाजिक समस्या लिएर फोन आउने र फोन गर्ने अधिकांशले डर लाग्ने, निद्रा नलाग्ने, हातखुट्टा झमझमाउने समस्या बताउने गरेको टीपीओ नेपालले जनाएको छ।

नेपालमा कोरोना संक्रमण हुनुअगावै यस्ता समस्या देखिएका थिए। त्यसैले टीपीओ नेपाले कोरोनाका बिरामी भर्ना हुने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकमा पनि मनोपरामर्श सेवा दिएको थियो। अस्पतालको आइसोलेसनमा बस्ने संक्रमितमा पनि यस्ता मनोसामाजिक समस्या देखिएमा थिए।

अध्ययनमा संलग्न डाक्टरका अनुसार अहिले देखिएका समस्या मानसिक रोगका सामान्य लक्षण मात्रै भएकाले मनोविमर्श, परामर्श या घरमै गर्न सकिने योगाले ठिक हुन सकिन्छ।

घरेलु र प्राथमिक उपचार नपाए भोलि समस्या बढेर मानिस दैनिक क्रियाकलाप गर्न नसक्ने गम्भीर मानसिक रोगी बन्न सक्छन्। जसलाई औषधि र उपचारले मात्रै निको बनाउन सक्छ।

रोगको डरभन्दा पनि सामाजिक सञ्जालमा फैलिएका भ्रामक सूचना र गलत समाचारलाई सत्य मान्दा उनीहरूमा आत्तिने समस्या देखिएको बताउँछन्।

रोगको त्रासका साथै लकडाउनले गर्दा व्यावहारिक समस्या आइपर्दा मानिसमा चिडचिडाहट, क्रोध र दिग्दारी देखिएको छ। जसले भोलि उनीहरूलाई मानसिक रोगी नै बनाउन सक्ने सम्भावना रहेकाले यस्तो अवस्थामा सरकार तथा सम्बन्धीत निकायबाट छिटो भन्दा छिटो आवश्यक कदमहरु चाल्दै समयमा नै यसलाई सम्बोधन गर्दै जानु उचित हुने अध्ययनले निष्कर्ष निकालेको छ।

अध्ययनका क्रममा नेपाल सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गरिरहेको प्रयास कस्तो छ भन्ने प्रश्नमा ३८ प्रतिशतले सन्तुष्ट जनाएका छन्। एकदम नै सन्तुष्ट जनाउनेहरुमा १४ प्रतिशत रहेको छ भने न सन्तुष्ट न असन्तुष्ट जनाउनेहरुको संख्या २४ प्रतिशत रहेको छ। त्यस्तै गरी असन्तुष्ट जनाउनेहरु १५ प्रतिशत रहेको छ। एकदमै असन्तुष्ट जनाउनेहरुको सख्या नौ प्रतिशत रहेको छ।

महामारी रोग रोकथामका लागि सरकारले गरेको लकडाउन ,स्वास्थ्य परिक्षण, उपचार, सचेतनाका कार्यक्रम, सेवालगायतको विषयहरु समावेश गरिएको थियो।

अध्ययनमा सहभागीहरुका सख्यालाई हेर्दा आधा भन्दा धेरै उत्तरदाताहरुले सरकारले गरेको कामलाई सन्तुष्ट मानेको अनुसन्धानले देखाएको छ।

सरकारले कोरोनालाई मात्रै प्राथमिकता दिँदा मानसिसक रोगी ओझेलमा परेका छन्। मनोसामाजिक समस्या न्युनिकरणमा सरकारले कोभिडबारे सही सूचना प्रवाह गरेर यस्ता समस्या न्यूनीकरणमा पहल गर्नुपर्ने बिज्ञहरुले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको