June 12, 2020

लकडाउन खोलेपछि मात्र कर उठाउन भनेपछि अर्थ मन्त्रालय पुनरावलोकनका लागि सर्वोच्च गयो


३० जेठ , काठमाडौं। कर भुक्तानीको समय थप्न अन्तरिम आदेश पुनरावलोकनका लागि अर्थमन्त्रालय सर्वोच्च अदालत पुगेको छ।

सर्वोच्चले लकडाउन चलेका बेला कर उठाउन नमिल्ने र उठाउने भए लकडाउन खोलेर ३० दिनको समय दिनुपर्ने आदेश बुधबार दिएको थियो। सरकार र मुद्दा हाल्ने दुवै पक्षको बहस सुनेर सर्वोच्चको संयुक्त इजलासले कर तिर्न समय बढाउन भनेको थियो।

सर्वोच्चको अन्तरिम आदेशपछि सरकार सञ्चालनमै अप्ठेरो हुने भन्दै अर्थमन्त्रालय पुनरावलोकनका लागि गएको हो। अर्थमन्त्रालयले कर उठाउनु सरकारको अधिकार रहेको र कर नउठाउने हो भने सरकार सञ्चालनदेखि कर्मचारीलाई तलब खुवाउनसमेन गाह्रो हुने तर्क गरेको छ।

सर्वोच्चको आदेशले अर्थमन्त्रालयलाई ठूलो झट्का लागेको छ। सुरुमा जेठ २५ गतेभित्र कर तिर्न सुचना जारी गरे पनि सर्वत्र विरोध भएपछि असार ७ गतेलाई समयसीमा तोकेको थियो। करदाताले असार ७ मा पनि नसकिने भन्दै सर्वोच्चमा मुद्दा हालेका थिए। सर्वोच्चले दुवै पक्षको कुरा सुनेर अन्तरिम आदेशमार्फत लकडाउनका बीचमा कर उठाउन नमिल्ने भनिदिएको हो।

आदेशको प्रति पाएपछि बिहीबार अर्थमन्त्रालयमा अर्थसचिव शिशिर ढुंगाना, राजस्व सचिव रामशरण पुडासैनी, सहसचिव यज्ञ ढुंगेल र आन्तरिक राजस्व विभागका महानिर्देशक विनोद कुँवरसहित छलफल भएको थियो। छलफलले पुनरावलोकन गर्ने निर्णय गरेको थियो।

सर्वोच्चको संयुक्त इजलासले यस्तो अवस्थामा करदातालाई समस्यामा नपार्न पनि भनेको छ।

‘यस्तो अवस्थामा केही अपवाद बाहेक राज्यलाई साबिकमा समयमै विवरण र कर दाखिला गर्दै आएका करदातालाई आजको असहज परिस्थितिमा आइपरेका व्यवहारिक समस्याहरु समेत विचार गरी न्यायोचित सुविधा दिनुबाट राज्य पन्छिनु वाञ्छनीय देखिँदैन,’ अन्तरिम आदेशमा भनिएको छ, ‘यस दृष्टिकोणबाट हेर्दा आन्तरिक राजस्व विभागको सूचनामा उल्लेख भएको समयावधिले करदातालाई सुविधा दिएको भन्दा पनि सन्त्रास सृजना गर्ने अवस्था देखिन्छ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक, कर्जाको सीमा वृद्धि [पूर्ण पाठसहित]

काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र

सैनिक अदालतले संवेदनशील मुद्दामा पीडितको गोपनीयता उल्लंघन गर्नु न्यायोचित नहुने

काठमाडौं, असार २४ गते – नेपाली सेनाको सैनिक अदालतले चरम असंवेदनशीलता देखाउँदै संवेदनशील मुद्दाहरूमा समावेश

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको सुधारमा प्रधानमन्त्री ओलीको जोड

सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष

रास्वपाको पाँचबुँदे प्रस्तावमा छलफल नहुने – भट्टराई

काठमाडौं, जेठ २८ । सत्तारुढ एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पाँचबुँदे प्रस्तावमा

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

बुद्धोपदेशको वैश्विक महत्व

 २९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ