लकडाउन खुकुलो पार्नेबित्तिकै भारतमा ह्वात्तै बढ्यो कोरोना संक्रमण, एसियामै सबैभन्दा बढी

काठमाडौं, जेठ ६भारतमा  मंगलबार कोरोना संक्रमितको संख्या लाख नाघेको छ। यो संख्या एसियामै सर्वाधिक हो।

यसअघि एसियाली मुलुकमा सबैभन्दा बढी संक्रमितको संख्या चीनमा थियो।

भारतको केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ ४ हजार ९७० नयाँ  संक्रमित थपिएका हुन्। याेसमेत भारतमा काेराेना संक्रमण पुष्टि हुने व्यक्तिकाे संख्या १ लाख १ हजार १ सय ३९ पुगेकाे हाे।

भारतका राज्य सरकारहरूले कोरोना महामारी रोकथाम र नियन्त्रण गर्न लगाइएको लकडाउन केही खुकुलो बनाएको भोलिपल्ट यसरी संक्रमितको संख्या बढेको हो।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १३४ जनाको ज्यान पनि गएको छ। योसमेत भारतमा कोरोनाका कारण मृत्यु हुनेको कूल संख्या ३ हजार १ सय ६३ पुगेको छ।

सबैभन्दा बढी संक्रमण महाराष्ट्रमा ३५ हजार ५८ जनामा देखिएको छ, जहाँ मात्रै १ हजार २ सय ४९ जनाको मृत्यु भएको छ।

यस्तै संक्रमितमध्ये भारतमा अहिलेसम्म ३९ हजार १ सय ७४ जना निको भइसकेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

भारतमा कोरोना संक्रमण जुन महिनामा उत्कर्ष पुग्ने अनुमान रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको