April 27, 2020

लकडाउनका कारण रोकिएको महाकाली कोरिडोरको काम सञ्चालन हुँदै

एक महिनादेखि लकडाउनका कारण बन्द रहेको सुदूरपश्चिमको महत्वपूर्ण योजनाको रूपमा रहेको महाकाली कोरिडोरको काम सञ्चालन हुने भएको छ । कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तिङ्करसम्म जोड्ने उक्त योजनाको काम सञ्चालन हुने भएको हो।

कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलाका विभिन्न क्षेत्रमा काम सञ्चालन गर्नका लागि योजनाले तयारी थालेको हो । लकडाउनले छ प्याकेजमा जारी काममध्ये केही ठाउँमा एक दुई दिनभित्रै सञ्चालन गर्ने तयारी भइरहेको योजना प्रमुख अच्युतविलास पन्तले बताए । “सडक निर्माण शुरु गर्न प्रक्रिया अघि बढाएका छौँ”, उनले भने, “काम शुरु गर्न निर्माण व्यवसायी परिचालन हुँदैछन् ।”

यस क्षेत्रको महत्वपूर्ण योजनाको काममा ढिलाइ हुँदा विकास निर्माण पूरै प्रभावित हुने अवस्था आएपछि निरन्तर समन्वयपछि निर्माण व्यवसायी काम सञ्चालन गर्न तयार भएका छन् ।

योजना सञ्चालन गर्ने विषयमा प्रमुख जिल्ला अधिकारीसँग पनि निरन्तर छलफलपछि शुरु हुने अवस्थामा पुगेको योजना प्रमुख पन्तको भनाइ छ । दार्चुलाको महाकाली कोरिडोर जोड्ने लास्कु खोला र निजङगाड खोलामा पुल निर्माण गर्ने निर्माण व्यवसायी जिल्ला आइसकेका छन् ।

पुलको पिलर राख्न गिट्टी आवश्यक हुने हूँदा क्रसरको लागि पहल भइरहेको छ ।

व्यास गाउँपालिका–४ सिनादेखि वडा नं २ को कोठेधारसम्मको नौ किलोमिटर सडक निर्माणको ट्र्याक खुलाउने गरी निर्माण व्यवसायी फिल्डमा पुगिसकेका छन ।

“एक दुई दिनभित्रै मेशिनमार्फत काम सञ्चालन हुँदैछ”, दार्चुला तिङ्कर सडक योजनाका इञ्जिनीयर एवं सूचना अधिकारी दिनेश रैखोलाले भन्नुभयो, “काम सञ्चालन गर्न कार्यस्थलमा साइट दिएका छौँ, कार्यालयको तर्फबाट फिल्ड पुगेर ठेकेदारलाई साइट दिएका हौँ।”

विगतमा दार्चुला तिङ्कर सडक योजनाअन्तर्गत सञ्चालन भएको यो क्षेत्रमा कोठेधारमा कोरिडोरमार्फत काम हुँदैछ । हालसम्म यो क्षेत्रको ४० किलोमिटर सडकको साधारण ट्र्याक खुलाइएको छ ।

निर्माण शुरु भएको १० वर्षपछि यो क्षेत्रमा साधारण बाटो खुलाइएको हो । अहिले व्यास गाउँपालिकाको सुनसेरासम्म नियमितरूपमा ट्याक्टर तथा जिप सञ्चालन भएका छन्।

यस्तै बैतडीको सलेसना र डडेल्धुरा क्षेत्रमा सडकको ट्र्याक खुलाउन साइट दिन कार्यालयले सवइञ्जिनीयर मुकेन्द्र मल्ललाई खटाइएको जनाएको छ ।

काम गर्ने समयावधि सकिन लागेको भन्दै योजनाले निर्माण व्यवसायीलाई समन्वय गरी काम सञ्चालन गराउन लागेको हो । “बैतडी क्षेत्रमा सवइञ्जिनीयर मल्लले निर्माण व्यवसायीलाई साइट निर्धारण गर्दै हुनुहुन्छ”, रैखोलाले भनेका छन्।

विसं २०८० मा सक्ने गरी शुरु गरिएको महाकाली कोडिरोडरको काम लक्ष्यानुसार सकिनेमा अझै आशङ्का छ । विकास निर्माणको काम द्रुत गतिमा हुने महिनामा लकडाउन हुँदा योजनाको काम सोचेअनुसार अघि बढाउन नसकिएको कार्यालयले जनाएको छ।

अहिले पनि जिल्ला प्रशासन कार्यालयमार्फत निर्माण व्यवसायीलाई परिचालन गर्न पासको व्यवस्था गरेर परिचालन गरिएको योजनाले जनाएको छ । पुलको काम पनि ढलानको लागि तयारी गरिँदैछ।

“अहिले पनि लकडाउनले निर्माण व्यवसायीलाई मजदुर पाउन मुस्किल भइरहेको गुनासो गर्ने गरेका छन्”, योजना प्रमुख पन्तले भने, “तर पनि हामीले काम गर्नुपर्छ भनेर ताकेता गरेका छौँ ।” कञ्चपुरको ब्रह्मदेवदेखि दार्चुला तिङ्करसम्म ४२५ किलोमिटर निर्माण गरिने उक्त सडकको १२५ किलोमिटर मात्रै हालसम्म ट्र्याक खुलेको छ।

यसअघि ठेक्का भएका निर्माण व्यवसायीसँग भएको सम्झौता चालु वर्षमा सकिँदैछ । योजना प्रमुख पन्तले भने, यो, “अब नयाँ बहुवर्षीय सम्झौता गरेर आगामी वर्षदेखि थप काम अगाडि बढाइने योजना छ।”

कोरिडोरको काम २०६६ सालदेखि शुरु भएको हो । महाकाली कोरिडोरलाई त्रिदेशीय नाकाका रूपमा विकास गर्न सके सुदूरपश्चिमको आर्थिक समृद्धि हुने आशा लिइएको छ ।

भारत र चीनसँग जोडिने मुख्य सडकको रूपमा यो सडकलाई लिइएको छ । हालसम्म कोरिडोरको काम सबैभन्दा बढी दार्चुलामा २१२ किलोमिटर, बैतडीमा १४४ किलोमिटर, डडेल्धुरा ५८ किलोमिटर र कञ्चनपुरमा ११ किलोमिटर सडकखण्ड पर्दछ।

कार्यालयका अनुसार हालसम्म रु ३३ करोडको लागतमा दार्चुलामा ५२, बैतडीमा ६२ र डडेल्धुरामा ११ किलोमिटर ट्र्याक खोलिएको छ भने कञ्चनपुरमा भने काम सञ्चालन हुन सकेको छैन। रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको