एजेन्सी । अक्षय कुमार र रजनीकान्तको मुख्य भूमिका रहेको रोबोटको अर्को भाग २.० अर्को वर्ष मात्र रिलिज हुनेछ । अहिलेसम्म भने यस फिल्मको पोस्टर मात्र बाहिर आएको छ । उक्त पोस्टरले अक्षयकुमारलाई चर्चाको शिखरमा पुर्याइसकेको छ । त्यससँगै यस फिल्मका बारेमा अनुमान लगाइरहेकाहरुले पनि विभिन्न प्रतिक्रियाहरु दिइरहेका छन् ।
हालैमा आएको एक रिपोर्टका अनुसार यस फिल्ममा अक्षय कुमार कागको भूमिकामा देखा पर्ने जनाइएको छ । फिल्ममा अक्षयले खेल्न लागेको चरित्र एउटा अनुसन्धात्मक परीक्षण गर्ने क्रममा उनी असफल भएपछि उनी काग बन्ने बताइएको छ । तर अन्य विभिन्न स्रोतहरुले भने उनी काग होइन एलियनको भूमिकामा देखिने दावी पनि गरिरहेका छन् ।
उक्त फिल्म यूनिटले यसको प्रमोशनको तयारी सुरु गरिसकेको छ । विश्वभरि यस फिल्मको प्रमोशन हट एयर बलुनबाट गरिने बताइएको छ । फिल्मको ट्रेलर भने राजनीकान्तको जन्मदिन १२ डिसेम्बरमा रिलिज गर्ने तयारी भएको बताइएको छ ।
५ माघ , काठमाडौं । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा राजधानीको सभागृहमा समुदघाटन
२२ पुस,काठमाडौं । अनुराधा फिल्म्स इन्टरनेस्नल प्रालिको आयोजनामा दोस्रो नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड-२०७९ माघ
७ पुस,काठमाडौं । सौन्दर्यकर्मी मन्जु श्रेष्ठ द्वारा संचालनमा ल्याइएको ललितपुर एकान्तकुना खरिबोट स्थित मंजीना हेयर
२७ मंसिर,काठमाडौं । अमेरिकाको बोष्टन राज्यमा बसोबास गर्दै आएकी लोकप्रिय गीतकार, कवयत्री, साहित्यकार तथा चलचित्र
२५ मंसिर,काठमाडौं । सौन्दर्य क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको प्रोत्साहनाज ब्यूटीपार्लर एण्ड ट्रेनीङ सेन्टरले
२९ कार्तिक,काठमाडौं । बलिउड सुपरस्टार आमिर खान अभिनय क्षेत्रबाट बिदा हुने निर्णयमा पुगेका छन ।